अन्तरवार्ता भिडियो कभर स्टोरी

धमाधम आतंककारीलाई नागरिकता, नेपालमा आतंकवादी संगठन इस्लामिक स्टेट ‘आईएस’  सक्रिय (भिडियोसहित)

धमाधम आतंककारीलाई नागरिकता, नेपालमा आतंकवादी संगठन इस्लामिक स्टेट ‘आईएस’  सक्रिय (भिडियोसहित)

केही दिनअघि श्रीलंकामा भएको आतंकवादी आक्रमणको जिम्मा अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट ‘आईएस’ ले लिएको छ । श्रीलंका सरकारले पनि आइएसले नै बिभिन्न चर्च र होटेल गरी आठ स्थानमा  बिष्फोट गराएको दावी गरेको छ । 

 


श्रीलंकामा आतंकवादी संगठनले बितण्डा मच्चाएकाबेला नेपालमा पनि त्यस्तै किसिमको आक्रमण हुनसक्ने भन्दै त्रास बढेको छ । आतंकवादी संगठन आइएसका कार्यकर्ता नेपालमा पनि सक्रिय रहेको र उनीहरुले खुलेआम नागरिकतासमेत पाउन थालेको बहुलराष्ट्रिय समाजवादी पार्टीका अध्यक्ष किशोरकुमार विश्वासको दावी छ । 

 

">
नागरिकताका सम्बन्धमा पछिल्लो समय सर्वोच्च अदालतका हप्तैपिच्छे आउने फरक–फरक आदेश, गृह मन्त्रालयको सर्कुलर आदी सबै बिदेशीलाई नागरिकता कसरी दिने भन्ने चिन्ताबाट मात्र प्रेरित छन् । 

 


विगतदेखि नै सच्चा नेपालीलाई अल्पमतमा राखेर विदेशीलाई नागरिकता दिने गरिएकोमा हाल आएर आतंककारीलाई नै नागरिकता बाँड्न थालिएको विश्वासको दावी छ । यसले कुनैपनि दिन कुनैपनि समय नेपालीले श्रीलंका जस्तै नियती भोग्नुपर्ने अवस्थामा पुर्याएको छ ।

 

 
नागरिकता छानबिन गर्नुपर्छ

 


अध्यक्ष विश्वासले मुलुकमा इतिहासदेखि नै विदेशीलाई नागरिकता दिंदै आएकाले अब त्यसको छानबिन गर्नुपर्ने बताए । विश्वास भन्छन्, ‘ राजेन्द्र महतोदेखि सबै शंकास्पद व्यक्तिहरुको नागरिकता छानबिन हुनुपर्छ । यसका लागि नागरिकता छानबिन कमिटी बनाउन जरुरी छ । ’

 

">
जथाभावी नागरिकता वितरण मात्रै पनि रोक्न सकियो भने मुलुकको राष्ट्रियता र सार्वभौमसत्ताको रक्षा हुन्छ । 

 


ओली सरकार चीन परस्त, भारत विरोधी

 


नेता विश्वासका अनुसार सिद्धान्त, चरित्र केही नमिल्ने नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई चीनले मिलाएर नेकपा बनाएको हो । यो सरकारले चीनको हीतमा मात्रै काम गर्छ । चीनसंग गरिएका सम्झौता, चीनलाई दिइएका ठूला परियोजना, राष्ट्रपति बिद्या भण्डारी लगायत नेकपाका प्रायः सबै नेताहरुको बारम्बारको चीन भ्रमण लगायतले यो कुराको पुष्टि गर्दछ । 

 


यो पूर्णरुपमा भारत विरोधी सरकार हो । नाकाबन्दीको समयमा भारतको विरोध गरेर ठूलो पार्टी बनाउँदै ओली दोस्रो पटक प्रधानमन्त्री हुन सफल भएपनि अब भने उनका खराब दिन सुरु हुन थालेका छन् । वर्तमान सरकार र प्रधानमन्त्री ओलीको भूमिकाप्रति भारत खुशी छैन । ओलीले सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्न सकेनन् । 

 


हेर्दै जानु होला, भारतको लोकसभा निर्वाचनपछि यो सरकार र नेकपाको दीनदशा सुरु हुन्छ । संयुक्त राष्ट्रसंघमा शान्ति प्रक्रिया र द्वन्द्वकालिन मुद्दा चर्कोरुपमा उठ्ने छ । यसले अध्यक्ष पुष्पकमल दाहाल र उनको समूहलाई संकटमा पार्नेछ । त्यो बेला सन्तुलित छिमेक र  परराष्ट्र नीति अवलम्बन नगर्दाको परिणाम छताछुल्ल हुनेछ । 

 


मध्यावधि निर्वाचन हुन्छ

 


नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको टकरावका कारण मुलुक मध्यवधि निर्वाचनमा जानेछ । प्रधानमन्त्री ओली द्वन्द्वकालिन मुद्दा टुंग्याएर पूर्व माओवादी केन्द्रका नेताहरुको सुरक्षित अवतरण चाहँदैनन् । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता सम्बन्धी आयोग अलपत्र र अलमल्ल हुनुको कारण यही हो । 

 

">
प्रचण्ड पनि ओलीप्रति ढुक्क छैनन् । प्रचण्डको अर्को नाम भनेको  ढाँटछल, अविश्वास  र  धोका हो । ओली र दाहालबीच प्रधानमन्त्रीको कार्यकाल पनि आधा–आधा चलाउने सहमति छ । करिब १४ महिना ओलीले खाइसके । आफनो कार्यकाल पूरा भएपनि ओलीले छोड्ने छैनन् । त्यो बेला प्रचण्ड बिच्किनेछन्, त्यसैबेला नेकपा पार्टी फुट्ने छ र मुलुक मध्यावधि निर्वाचनमा जानेछ । 

 


संविधान संशोधन

 


नेता विश्वासले संविधान संशोधन मधेशी दलहरुको दवावमा नभइ मुलुकको आवश्यकता अनुसार गर्न सरकारलाई सुझाव दिए । राज्यको पुनःसंरचनाको व्यवस्था र सातवटा प्रदेशको सीमाङ्कनमा फेरबदल गर्न आवश्यक रहेको विश्वासको भनाइ छ । 

 


राजपा, संघीय समाजवादी फोरम लगायतका दलहरु लुट्न मात्र जन्मिएकाले उनीहरुको उपादेयता समाप्त भैसकेको छ । केन्द्रमा जस्तै प्रदेश २ मा पनि खुलेआम लुटतन्त्र छ ।