समाचार ओटोमोबाइल ताजा खबर

दमौलीमा माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु

दमौलीमा माइक्रोबसको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं । तनहुँको दमौलीमा माइक्रोबसको ठक्करबाट  स्कुटर चालकको मृत्यु भएको छ । मंगलबार दिउँसो पोखराबाट काठमाडौ आउँदै गरेको ग १ य ४८५ नं को माइक्रोले पृथ्वीराजमार्गअन्तर्गत दमौली ब्यास नगरपालिका–४ स्थित शहीदगेट नजिकै ग १३ प ९१८१ नं को स्कुटरलाई ठक्कर दिएको हो । 

 

उक्त दुर्घटनामा परि स्कुटर चालक ब्यास नगरपालिका–१० परेवाडाँडाका २३ वर्षीय रमेश शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दमौलीले बताएको छ । 

 

ठक्करबाट सख्त घाइते शर्माको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायबउपरीक्षक लीलाराज लामिछानेले जानकारी दिए । 

ठक्कर दिने माइक्रोसहित चालकलाई प्रहरीको नियन्त्रणमा लिएको प्रहरी कार्यालय दमौलीले जनाइएको छ ।

ADVERTISEMENT