समाचार

बिहे गरेको पाँच दिनमै सिर्जनाको सिउँदो पुछियो

बिहे गरेको पाँच दिनमै सिर्जनाको सिउँदो पुछियो

दमौली । पोखरा–७ मासबार निवासी सिर्जना राउतले बिहेको खुशी यति चाँडै बिलाउला भन्ने सपनामा पनि सोचेकी थिइनन् । बिहे गरेको पाँचौ दिनमा म्याग्दे १ गुणादीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनको पति पोखरा महानगर –३३ का ३१ वर्षीय सन्दीप कुँवरको निधन भएको हो ।

दुर्घटनामा परी सिर्जनाको घुँडा भाँचिएको छ । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्थामा सुधार आए पनि अझै चिन्ताजनक रहेको प्रहरीको भनाई छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो।

सिउँदो सिन्दुर