समाचार अपराध सुरक्षा

निर्वस्त्र मृत फेला पेरेकी रीनाको छानविन गर्न कांग्रेस मोरङको माग 

निर्वस्त्र मृत फेला पेरेकी रीनाको छानविन गर्न कांग्रेस मोरङको माग 

मोरङ जिल्ला पथरीशनिश्चरे नगरपालिकामा निर्वस्त्र रुपमा हत्या भएकी रीना बस्नेतको छानविनको लागि नेपाली कांंग्रेस पथरीशनिश्चरे नगर समितिको कार्यालयले विशेष माग गरेको छ । 

मोरङ जिल्ला पथरीशनिश्चरे नगरपालिकामा विगत  १० वर्षदेखि एस आर एस कस्मेटिक एण्ड गिफ्ट सेन्टर सञ्चालन गर्दै आएकी रीना बस्नेतको गत शनिबार रहस्यमय मृत्यु भएको हो । 

नेपाली कांंग्रेस पथरीशनिश्चरे नगर समितिको कार्यालयले प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटनामा नगर समितिको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त विज्ञप्तीमा जनाइएअनुसार केही समयदेखि त्यस नगर भित्र सर्वसाधारण नागरिकको अमानवीय हत्या, लुटपाट लगायत अपराधिक क्रियाकलाप भइरहेको छ । जसकारण पुरै नगर नै असुरक्षा र त्रासमा छन् । 

त्यस्तो अवस्थामा भएको रीना बस्नेतको शंकास्पद मृत्युले अपराधीहरु सक्रिया र प्रहरी प्रशासन मसकदर्शक भइरहेको वित्रप्तीमा जनाइएको छ । नेपाली कांग्रेस नगर समितिको उक्त विज्ञप्तीमा यस घटनामा प्रहरी प्रशाशन कमजोर भइरहेको बताइएको छ । यस हिसाबमा कांगेसले नगरवासीहरुको सुरक्षाको माग गरेको हो । 
 

कांग्रेस मोरङ रीना बस्नेत