प्रवास

अस्ट्रेलियाली सांसदमा पहिलो पटक नेपालीको उम्मेदवारी

अस्ट्रेलियाली सांसदमा पहिलो पटक नेपालीको उम्मेदवारी

काठमाडौं : नेपाली मूलका अस्ट्रेलियन नागरिकले अस्ट्रेलियाको इतिहासमै पहिलोपटक संघीय निर्वाचनमा चुनाव लड्ने भएका छन्। नेपाली मूलका परमेज श्रेष्ठले संघीय निर्वाचनका लागि बार्टन क्षेत्रबाट उम्मेदवारी दिएका हुन्।

नेपालीहरूको बाहुल्यता रहेको बार्टन क्षेत्रबाट लिबरल पार्टीले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। उनी उम्मेदवार घोषित भएपछि यहाँका नेपाली मूलका अस्ट्रेलियालीहरूमा ठूलो उत्साह देखिएको छ।

यो अस्ट्रेलियाको इतिहासमै पहिलोपटक नेपाली मूलका युवा केन्द्रीय संसदमा पुग्ने ठूलो मौकाको रूपमा हेरिएको छ। श्रेष्ठ २० वर्षअघि आफ्ना अभिभावका साथमा अस्ट्रेलिया आएका थिए। पिजे श्रेष्ठ उपनामले चर्चित उनी नेपाली समुदायका दोस्रो पुस्ताका प्रतिनिधि हुन्। आगामी मे १८ मा संघीय निर्वाचन हुँदैछ।

अस्ट्रेलिया परमेज श्रेष्ठ