अपराध सुरक्षा

ती ट्याक्सी चालक जसले मुर्छित यात्रुलाई बीच बाटोमा छोडेर भागे (भिडियोसहित)

ती ट्याक्सी चालक जसले मुर्छित यात्रुलाई बीच बाटोमा छोडेर भागे (भिडियोसहित)

काठमाडौं। कमलप्रसाद श्रेष्ठ, बा १ ख ३८५१ नम्बरको ट्याक्सीका चालक । उनको ट्याक्सीमा चढेका थिए गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ का ६० वर्षीय गोपाल काररञ्जित । यो ट्याक्सी यात्रा उनको लागि अन्तिम बन्यो । यसो भनौ, चालक कमलप्रसादले काररञ्जितको अन्तिम यात्रा बनाइदिए । ट्याक्सीमा सवार रहेका काररञ्जित एक्कासी मुर्छित भए । ट्याक्सी चालक कमलप्रसादले काररञ्जितलाई बीच बाटोमा छाडेर भागे ।

 

मुर्छित काररञ्जित चावहिलमा रहेको हेल्पिङ ह्याण्ड अस्पताल अगाडी बाटोमा अलपत्र भेटिएका थिए ।  प्रहरीले अस्पताल लगेपछि तत्काल हेल्पीङ ह्याण्डका चिकित्सकले मृत घोषणा गरेका थिए। यो घटना ३ दिन अगाडिको हो । चालक कमलप्रसादलाई महानगरीय प्रहरी वृत्त गौशालाले आज पक्राउ गरेको छ । प्रहरीका अनुसार क्लोज सर्किट क्यामराको सहयोगमा चालक पक्राउ परेका हुन् ।

 

चाबहिलबाट गोकर्णेश्वर जाने क्रममा आफ्नो ट्याक्सीमा रहेको पेशेन्जरलाई हार्टअट्याक हुँदा चालकले भित्रबाट बाहीर निकाली भागेछन् , जस्ले गर्दा बिरामीको दुखद देहावसन हुन पुग्यो । कस्तो मानवता ?

त्यस पछाडीको ट्याक्सी चालक अनी ती वरीपरी रहेका मान्छेहरू के हेरेर बसेका ?
😞😞😞😞 pic.twitter.com/VTOgX7ZSvc

— Saroj Basnet (@IsarojB) March 29, 2019