यौन-शिक्षा

यौन अंग चिलाउने समस्याबाट मुक्त हुने घरेलु उपाय

यौन अंग चिलाउने समस्याबाट मुक्त हुने घरेलु उपाय

एजेन्सी । महिलाहरू आफ्नो जीवनमा चिलाउने समस्याबाट गुज्रिएका हुन्छन् । कहिलेकाँहि यसो हुनु सामान्य भए पनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने राम्रो होइन । योनी चिलाउने समस्या धेरै कारणबाट हुन सक्छ । ती मध्ये प्रमुख कारण योनी राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावी यौन सम्बन्धबाट हुने यौन रोगबाट पनि योनी चिलाउँछ । 

 

योनी चिलाउने कारणहरू 

१, तनाव : सुन्दा अचम्म लागे पनि यो सही हो कि तनावको कारणले गर्दा योनी चलाउँछ । 

२, यिस्ट संक्रमण : योनीमा यिस्ट इन्फेक्सनको कारणले पनि योनि चिलाउँछ । यिस्ट इन्फेक्सन हुँदा योनी वरिपरि सेतो दही जस्तो ढुसी जम्मा हुन थाल्दछ जसको कारण योनी चिलाउँछ । मधुमेहको बिरामीलाई यिस्ट इन्फेक्सन हुने सम्भवना वढी हुन्छ । यिस्ट इन्फेक्सन भएको ठाँउमा रातो दाग देखा पर्न थाल्छ र त्यो ठाउँ सुख्खा भई चिलाउन थाल्छ । 

३, सुख्खा छाला : सुख्खा छाला भएको व्यक्तिमा पनि योनि चिलाउने समस्या बढी हुन्छ । छालालाई आवश्यक पर्ने पर्याप्त पानीको अभावले गर्दा योनी वरिपरीको छाला सुख्खा हुन जान्छ र चिलाउन थाल्छ । 

४, यौन संक्रमण : धेरै जनासँग यौन सम्पर्क गर्नाले यौन रोग लाग्ने मात्रै नभइ योनी चिलाउने समस्या पनि शुरु हुन सक्छ । यी बाहेक योनीमा हुने संक्रमण, चोटपटक, महिनावरी बन्द हुनु आदि जस्ता कारणहरुले गर्दा पनि योनी चिलाउने समस्या हुन सक्छ । 

 

योनी चिलाउने समस्याको निम्न घरेलु विधि अपनाउन सकिन्छ 

१, सबैभन्दा पहिले त के कारणले गर्दा योनी चिलाएको हो त्यो थाहा पर्दछ । यदि धेरै जनासँग यौन सम्पर्कले यस्त समस्या भएको हो भने सबैभन्दा पहिले त्यस्तो कार्य बन्द गर्नु पर्दछ । 

२, कुनै रसायनिक पदार्थको प्रयोगबाट जस्तैः पर्फुमको प्रयोगले भो भने त्यस्तो कार्य गर्नु हुँदैन । 

३, बास्नादार टावेल वा बाथ टबमा नुहाउँदा भएको हो भने त्यसो गर्न छोड्नु राम्रो हुन्छ । 

४, सुतीको पेन्टी मात्र प्रयोग गर्ने र चिलाइ निको नभएसम्म राति सुत्दा पेन्टी नलगाउनु राम्रो हुन्छ । 

५, चिलाउन निको नभएसम्म यौन सम्पर्क नराख्ने र राख्नै परे कन्डमको प्रयोग गर्ने । 

६, योनी सुख्खा हुने समस्या छ भने यौन सम्बन्ध राख्दा चिप्लो बनाउने चिल्लोको प्रयोग गर्ने । 

७, सधैँ यौन अंग राम्रोसँग सफा गर्नु पर्दछ ।

यौन अंग