अपराध सुरक्षा

विप्लव समुहलाई सहयोग गर्नेलाई पनि कारवाही हुने

विप्लव समुहलाई सहयोग गर्नेलाई पनि कारवाही हुने

काठमाडौं । प्रतिबन्धित नेकपा विप्लव समुहलाई सहयोग गर्ने पक्षलाई पनि सरकारले कानुनी दायरामा ल्याउने भएको छ । आइतवार गृह मन्त्रालयले विज्ञप्ति जारी गरी विप्लव समुहलाई आर्थिक तथा भौतिक सहयोग गर्नेहरुलाई कारबाही गरिने स्पष्ट उल्लेख गरिएको हो । जबरजस्ती चन्दा मागे प्रहरीलाई खबर गर्न विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।

 

विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता समूहहरुलाई कुनै किसिमको आर्थिक, भौतिक सहयोग नगर्न एवं त्रास, धम्की र प्रलोभनमा नपर्न तथा यदि कोही कसैबाट जबरजस्ती आर्थिक सहयोग माग गर्ने धम्की दिने कार्य भए गरेमा सो को सूचना तत्काल नजिकको प्रहरी प्रशासनलाई दिन हुन अनुरोध छ ।’