मनोरञ्जन कला साहित्य

चार पटक, तीन पटक र दुई पटक विवाह गर्ने कलाकार चिनौं 

चार पटक, तीन पटक र दुई पटक विवाह गर्ने कलाकार चिनौं 

काठमाडौं । सम्बन्ध विच्छेद नेपाली समाजमा पनि बढ्दो छ । दृश्यमा भने चर्चित व्यक्तिका सम्बन्ध विच्छेदका घटना बढी प्रचार हुन्छन् । धेरैवटा विवाह गर्नेमा नायक भुवन केसीको नाम बढी लिने गरिन्छ । 

 

भुवन केसीः उमेरले ६ दशक पार गरेका नायक तथा निर्देशक भुवन केसी नेपाली सिने क्षेत्रमा ‘प्ले बोइ’ का नामले पनि चिनिन्छन् । महिलाहरुसँग सम्बन्ध जोड्ने र तोड्ने कारणले उनलाई उक्त नामबाट चिनिएकोे हुन सक्छ । केसीले दुई बिवाह गरिसकेका छन् । पहिलो श्रीमती बिजया केसी र दोस्रो सुस्मिता बमजन केसीसँग बैवाहिक सम्बन्ध बिच्छेद गरेका केसी हाल नायिका जिया केसीसँग ‘लिभिङ् टुगेदर’मा छन् । 

 

शिव श्रेष्ठः नेपाली सिने जगतको चर्चित नायक श्रेष्ठले तीन बिवाह गरेको बताइन्छ ।  पहिलो श्रीमती गंगा श्रेष्ठसँगको लामो बैवाहिक जीवनलाई पूर्णविराम दिएका श्रेष्ठ अहिले कान्छी श्रीमती सिर्जना श्रेष्ठसँग छन् ।

 

निखिल उप्रेतीः सन् २००० मा चलचित्र ‘पिजडा’मार्फत नेपाली सिने क्षेत्रमा उदाएका नायक निखिलले दुई बिवाह गरेका छन् । उनले पहिलो श्रीमती कोपिला उप्रेतीसँग बैवाहिक सम्बन्धको अन्त्य गरेर नायिका संचिता लुइटेलसँग दोस्रो बिवाह गरे । संचिताले पनि आकास शाहलाई छाडेर निखिलसँग दोस्रो विवाह गरेकी हुन् । 

 

प्रियंका कार्कीः चर्चित नायिका प्रियंका कार्कीले अमेरिकामा बस्दा भेटेका रोचक मैनालीसँग प्रेम बिवाह गरिन् । त्यो बैवाहिक सम्बन्धमा बस्न नसकेपछि कार्कीले सम्बन्ध बिच्छेद गरिन् । अहिले यिनले नायक आयुष्मान देशराज जोशीसँग इङ्गेजमेन्ट गरेकी छिन् ।

 

हरिवंश आचार्यः वरिष्ठकलाकार हरिवंश आचार्यले पत्नी मीराको निधनभएपछि रमीला पाठकसँग दास्रो बिवाह गरेका छन्  । 

 

सिम्पल खनालः चलचित्र ‘माझीदाइ’मार्फत नेपाली सिने क्षेत्रमा प्रवेश गरेकी नायिका सिम्पल खनाल म्युजिक भिडियो निर्देशक प्रशन्न पौडेलसँग बैवाहिक बन्धनमा बाँधिएकी थिइन् । पौडेलसँगको बैवाहिक जीवनअगाडि बढाउन नसकेपछि यिनले बेलायती उद्योगपति नदिमसँग सन् २०१६ मा दोस्रो बिवाह गरिन् । 

 

प्रशन्न पौडेलः दर्जनौं म्यूजिक भिडियो निर्देशन गरिसकेका निर्देशक पौडेलले नायिका सिम्पल खनालसँग बिवाह गरेका थिए । उक्त बैवाहिक सम्वन्ध बर्षदिन पनि टिक्न नसकेपछि उनले नर्स श्रृष्टी खतिवडा सँग दोस्रो बिवाह गरे । 

 

सौजन्य सुब्बाः अभिनेत्री सौजन्य सुब्बाको पहिलो बिवाह असफल भएपछि फिल्म निर्माता रोज राणासँग लामो समय लिभिङ टुगेदरमा बसिन् । रोज राणाले बिवाह गर्न नमानेपछि  यिनले पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दका छोरा भुपेन चन्दसँग बिवाह गरिन् । 

 

पुजा परियार:  नायिका पुजाले फोटाग्राफर सुरज चन्दसँग बिवाह गरेपछि आफ्नो सरनेम चन्द लेखेकी थिइन् । उक्त सम्बन्ध बिच्छेदपछि यिनी छोरीसँग अमेरिकामा बसिन् र ‘एन्जेल्स म्युजिकल ब्यान्ड’ को म्युजिसियन राजु लामासँग दास्रो बिवाह गरिन् । 

 

सारंगा श्रेष्ठः बिवाह गरेपछि श्रीमानसँग अमेरिकामा बस्न कलाकारिता छोडिकी नायिका हुन् सारंगा श्रेष्ठ । यिनले पहिलो बैवाहिक सम्बन्धलाई निरन्तरता दिन नसकेपछि सन् २०१३  रमेश कार्की (केसी) सँग अमेरिकामा दोस्रो बैवाहिक बन्धनमा बाँधिइन् । 

 

कृष्ण मल्लः नायक कृष्ण मल्लले चार विवाह गरेको बताइन्छ । उनले पहिलो बिवाह स्कुल पढ्दा, दोस्रो कलेज पढ्दा र तस्रोमा नायिका सिखा मल्लसँग गरेका थिए । तीन जना श्रीमतीसँगको सम्बन्ध बिच्छेदले मल्लले चौथो बिवाह नायिका सर्मिला मल्लसँग गरे ।

 

छविराज ओझाः चलचित्र निर्देशक छबिराज ओझाले तीन बिवाह गरेका हुन् । उनकी पहिलो श्रीमतीसँग सम्बन्ध बिच्छेद भएपछि गीतान्जलीसँग दास्रो बिवाह गरे । गीतान्जलीको मृत्युपछि तेस्री श्रीमतीको रुममा चर्चित नायिका रेखा थापालाई बिहे गरे । थापासँग पनि सम्बन्ध बिच्छेदपछि अहिले मोडल तथा नायिका सिल्पा पोखेरेलसँग प्रेम सम्बन्धमा छन् ।