अपराध सुरक्षा

२ वर्षीया बालिका सन्विज्ञाका अपहरणकारी महोत्तरीबाट पक्राउ

२ वर्षीया बालिका सन्विज्ञाका अपहरणकारी महोत्तरीबाट पक्राउ

काठमाडौं । थापाथलीस्थित प्रसूति गृहकी चिकित्सक वविता शाहकी दुई वर्षीया छोरी सन्विज्ञाका अपहरणकारी पक्राउ परेका छन् । सन्विज्ञा केही दिनअघि कोटेश्वरस्थित घरबाटै अपहरणमा परेकी थिइन् ।

 

बालिका अपहरणपछि फरार रहेका मुख्य अभियुक्त धनुषाका मनिषकुमार गुप्तालाई सोमबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले महोत्तरीको भिटामोडबाट पक्राउ गरेको हो । पक्राउ गरिएका उनलाई महानगरीय प्रहरी परिसर काठमाडौं ल्याइएको र मंगलबार दिउँसो दुई बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने महानगरीय प्रहरीले जानकारी दिएको छ ।

 

माघ ११ गते शाहकी दुई वर्षीया छोरी सन्विज्ञाको अपहरण भएको थियो । अपहरणपछि प्रहरीले सोही दिन बालिकाको सकुशल उद्धार गरे पनि अपहरणकारी भागेका थिए । अपहरणमा संलग्न भएको आरोपमा मनिषकी श्रीमती अर्चेनाकुमारी यसअघि नै पक्राउ परिसकेकी छिन् । हाल उनलाई काठमाडौं महानगरीय प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

अपहरणकारी पक्राउ