अपराध सुरक्षा

चाइनिज पेस्तोलसहित तीन पक्राउ

चाइनिज पेस्तोलसहित तीन पक्राउ

धादिङ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका–५ मण्डली मावि परिसरबाट तीन जनालाई प्रहरीले सोमबार हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा खनीयाबास गाउँपालिका–५ सत्यदेवीका २५ वर्षीय नारायण थापामगर, ३० वर्षीय आशिस थापामगर र २३ वर्षीय विशाल गुरुङ रहेका छन् । 

 

उनीहरूको साथमा चाइनिज पेस्तोल र सात राउड गोली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्याम महतोले जानकारी दिए । विद्यालयमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भएको स्थानमा प्रहरीले शंका लागि खानतलासी गर्दा उनीहरू हतियारसहित पक्राउ परेका थिए । उनीहरूलाई हातहतियार तथा खरखजाना मुद्दा चलाइने जनाइएको छ । 

 

यसैबीच जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले आफूले धादिङमा बहाल रहेको अवधिमा प्राप्त गरेको भत्तावापतको ४१ हजार ३९९ जिल्ला लैंगिक हिंसा निवारण कोषलाई हस्तान्तरण गरेका छन् ।

पक्राउ