मनोरञ्जन कला साहित्य

भुवन केसीको क्याप्टेन युट्युब ट्रेन्डिङमै परेन 

भुवन केसीको क्याप्टेन युट्युब ट्रेन्डिङमै परेन 

काठमाडौं । आफ्ना हरेक चलचित्र राम्रो बन्ने दावी गर्ने नायक तथा निर्माता भुवन केसीको पछिल्लो चलचित्र ‘क्याप्टेन’को ट्रेलर युट्युबको ट्रेन्डिङमा पर्न असफल भएको छ । 

 

चार दिनअघि युट्युबमार्फत क्याप्टनेको ट्रेलर सार्वजनिक भएको थियो । यो ट्रेलर सोमबार दिउँसोसम्म १३ लाखले हेरेका छन् तर पनि ट्रेन्डिङमा भने छैन । चलचित्र ‘यात्रा’को टिजर पनि हालसालै युट्यबमा सार्वजनिक भएकोछ । यात्रा अहिले चार नम्बर ट्रेन्डिङमा परिसकेको छ । टिजरलाई पाँच लाखबढीले हेरेका छन् । 

 

स्टारडम चल्ने नेपालका एकमात्र नायक अनमोल केसी मुख्य भूमिकामा रहेका यो चलचित्र फागुन १७ मा रिलिज हुँदैछ । चलचित्रमा अनमोलले नेपाली राष्ट्रिय फुटबल टोलीको क्याप्टेनको भूमिका निर्वाह गरेका छन् । फिल्ममा एक फुटबल खेलाडीको कथा चित्रण गरिएको छ ।