मनोरञ्जन अपराध सुरक्षा

भारतीय ‘डान्सर’ सलमानमाथि यौन हिंसाको आरोप

भारतीय ‘डान्सर’ सलमानमाथि यौन हिंसाको आरोप

एजेन्सी । बलिउडका चर्चित डान्सर तथा कोरियोग्राफर सलमान युसुफमाथि यौन उत्पीडनको आरोप लागेको छ । सरमानको विरुद्ध मुम्बईको ओशिवारा प्रहरी चौकीमा एक मोडल तथा कोरियोग्राफरले केस दर्ता गरेकी हुन् । 

 

ती महिलाका अनुुसार अघिल्लो वर्ष सलमानले एक शोको बारेमा कुराकानी गर्नका लागि मुुम्बईस्थित एक क्याफेमा मिटिङको लागि उनलाई बोलाए । पछि आफ्नो कारमा लगेर ती यौन दुव्र्यवहार गरेको उनको भनाई छ । यस घटनाबारे चेक जाँच भइरहेको छ ।

 

सलमान युसुफ बलिउडमा सार्वधिक माग हुने डान्स कोरियोग्राफर मध्येमा पर्छन । उनी ‘डान्स इण्डिया डान्स’ सिजन १ का विजेता हुुन् । उनले ‘झलक दिखला जा’ सिजन ४ देखि ९ सम्म कोरियोग्राफ गरे । यसकासाथै उनी ‘खतरों के खेलाडी’ सिजन ५ मा पनि आइसकेका छन् । 

 

युवतीका अनुुसार, उनलाई सलमानले अघिल्लो वर्ष(२०१८) को दुबईमा एक कार्यक्रमको लागि बोलाएका थिए । जहाँ उनलाई बलिउड पार्कमा अन्य डान्सरहरुसँग प्रस्तुती दिनुपर्ने थियो । कुराकानी सकिएपछि सलमानले उनलाई घर छोडिदिने आग्रह गरे जसलाई उनले स्वीकार गरिन् । कारमा बसेपछि सलमानले उनको शरीरमा छुन थाले जसले उनलाई असहज महशुश भयो । तत्काल उनी कारबाट बाहिरिएको बताइन् । 

 

त्यस समय सलमानको टिमको डरका कारण यसबारे बोल्न नसकेको र अहिले भने साहस मिलेको उनको कथन छ । 
 

सलमान युसुफ