प्रवास

क्यानडामा सप्ताहव्यापी खेलकुद हुँदै 

क्यानडामा सप्ताहव्यापी खेलकुद हुँदै 

टोरन्टो (क्यानडा )  । एनआरएनए क्यानडाको मुख्य आयोजनामा क्यानडा व्यापी खेलकुद सप्ताह हुने भएको छ । फेब्रुअरी १५, १६ र १७ मा हुने खेलकुद गतिविधिमा स्थानीय संघसंस्थाहरुका प्रतिनिधि, युवा, महिला, बालबालिका सवैले सहभागिता जनाउने छन् । 

 

क्यानडाको एडमन्टन, अटोवा, क्यालगरी, सस्क्याच्युन, टोरोन्टो, मिसिसागालगायत प्रमुख शहरहरुमा हुने खेलकुदमा भलिबल,चेस, ब्याडमिन्टन, क्यारिम बोर्ड, एथलेटिक्स, डोरी तान्नेलगायतका प्रतिस्पर्धा एवं स्पर्धाहरु समावेस गरिएको छ । 

 

भलिबलमा प्रथम, दोस्रो हुने टोलीले क्रमश १ हजार, ७ सय डलर पुरस्कार पाउने एनआरएनए क्यानडाका महासचिव चिरञ्जिवी घिमिरेले जानकारी दिए । आगामी फेब्रुअरी १७ मा समापन हुने कार्यक्रममा बृहत्त सांस्कृतिक गतिविधिहरु पनि समावेश गरिएका छन् ।

 

जसमा हिमालयन भाइब्सको मादल प्रस्तुति, नेपाली संस्कृति झल्कने किसिमका नृत्यहरु, विभिन्न गायक गायिकाहरुको सांस्कृतिक समावेस गरिएको महासचिव घिमिरेले जानकारी दिए । 

यस्ता किसिमका गतिविधिहरु हरेक वर्ष आयोजना गर्न सक्दा भावी पुस्ताका लागिसमेत प्रेरणा बन्न सक्ने प्रवासी मञ्च क्यानडाका अध्यक्ष रमेश थापाको विश्वास छ । यस सप्ताहव्यापी खेलकुदमा सहभागी हुन नसक्नेले हेरेर मनोरञ्जन लिन सक्नेछन् ।