समाचार अपराध सुरक्षा

मनिषा सिमेन्ट उद्योगका म्यानेजर मृत फेला, हत्याको आशंमा कुकुर लगाएर अनुसन्धान सुरु

मनिषा सिमेन्ट उद्योगका म्यानेजर मृत फेला, हत्याको आशंमा कुकुर लगाएर अनुसन्धान सुरु

झापा : झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन् । 

 

हातखुट्टा बाँधिएको अवस्थामा शनिबार बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार भारत पटना घर भएका ६१ वर्षीय दुगड विगत तीन वर्षदेखि सो सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए । 

 

पर्शुराम अग्रवालले सञ्चालन गरेको सिमेन्ट उद्योगमा व्यवस्थापक नै शङ्कास्पद अवस्थामा मृत भेटिएपछि नेपाल प्रहरीको कुकुर शाखा धरानबाट कुकुर ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख ढकालले बताए ।

हत्या