अपराध सुरक्षा मुख्य समाचार

प्रहरी इन्काउन्टरमा मारिएका चौधरीका यस्ता छन् भूमिगत गतिविधि

प्रहरी इन्काउन्टरमा मारिएका चौधरीका यस्ता छन् भूमिगत गतिविधि

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा आज प्रहरी इन्काउन्टरमा ३० वर्षीय दीपेन्द्र चौधरीको मृत्यु भएको छ । राजविराज–रुपनी सडकखण्डस्थित रुपनी चोकदेखि एक किलोमिटर दक्षिणतर्फको सडकमा प्रहरीसँग भएको मुठभेडमा सप्तरीको कडरबोनाका चौधरी मारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

 

उनका अनुसार जाँचका क्रममा रोक्न खोजेपछि चौधरीले प्रहरीमाथि गोली फायर गरेका थिए । प्रहरीले जवाफी फायरिङ गर्दा मोटरसाइकल पछाडि बसेका चौधरीको मृत्यु भएको हो । प्रहरीलाई देख्नेबित्तिकै चौधरीले फायरिङ गरेका थिए । प्रहरीका तर्फबाट फायरिङ हुँदा मोटरसाइकल पछाडि सवार चौधरी ढलेका थिए भने मोटरसाइकल चालक फरार भए थिए । चौधरीको टाउकोमा गोली लागेको छ ।

 

को हुन् चौधरी

चौधीको साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको विष्टले बताए । प्रहरीले आत्मरक्षाका लागि गोली चलाउँदा मारिएका चौधरी विभिन अपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको दाबी छ । चौधरीले विभिन्न समय प्रहरीमाथि आक्रमण गरेको रेकर्ड रहेको बिष्टले बताए ।

 

२०७२ सालमा सप्तरीको झुटकी प्रहरी चौकीका असई रेसम सुब्बाको गोली हानी हत्यामा संलग्न रहेको प्रहरीको दाबी छ। त्यस्तै, चौधरी इलाका प्रहरी कार्यालय कडरबोनाको गस्तीमा रहेको भ्यानलाई लक्षित गरी २०७४ साउन २१ गते राति सुरुङ्गा नगरपालिका ५ श्रीपुर गाउँमा बम विस्फोटलगायतका घटनामा संलग्न रहनुका साथै सप्तरीको बिसनपुर चोकमा डयुटीमा रहेका प्रहरी हवल्दारमाथि गोली प्रहार गर्ने घटनामा समेत सलग्न रहेको प्रहरी उपरीक्षक विष्टले बताए।

 

तराईको सशस्त्र समूह गोइत समूहको पूर्व कार्यकर्ता रहेका चौधरीले आफ्नै समूह बनाएर चन्दा असुलीलगायतका भूमिगत गतिविधि सञ्चालन गर्दै आएको जनाइएको छ ।

इन्काउन्टर