अपराध सुरक्षा

लागुऔषधसहित तीन जना पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ

पर्सा । पर्साबाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन् । पर्सा प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट लागुऔषधसहित उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

 

प्रहरी चौकी इनर्वा पर्साबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका १६ शंकराचार्य गेटस्थित चेकजाँचका क्रममा  दुई जनालाई लागुऔषध चरेशसहित पक्राउ परेको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यको पूर्वी चम्पारण मोतिहारी जिल्ला पोस्ट बडा चकिया ग्राम शेखी चकिया ११ बस्ने सहदेव पण्डित र पर्साको कालिकामाइ गाउँपालिका २ का १९ वर्षीय अकिलेश कानु हरेका छन् । उनीहरूका साथबाट प्रहरी अवैध पाँच किलो चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

 

त्यस्तै पर्सा प्रहरीले वीरजञ्ज महानगरपालिका १६ स्थित रजतजयन्ति चोकबाट अवैध लागुऔषध नाइट्राभेट ट्याब्लेट सहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १९ वर्षीय अनुतम बहादुर श्रेष्ठ रहेको छन्। प्रहरी पक्राउ परेका श्रेष्ठसँगबाट १६५ पिस नाइट्राभेट ट्याब्लेट बरामद गरेको छ। दुवै घटनाको अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

 

त्यस्तै प्रहरीले अवैध रूपमा लुकाइछिपाइ बेचबिखन गर्न लाँदै गरेको मरिच पनि बरामद गरेको छ। गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसारपसार कार्य नियन्त्रण गर्न खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा वीरजञ्ज महानगरपालिका २, लाल गोदाम पछाडिबाट ३५ किलो मरिच बरामद गरेको हो । आवश्यक कार्वाहिको लागि वीरगंज भन्सार्यालय पठाउने कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

पक्राउ लागुऔषध