मुख्य समाचार

समाज

देश

मुग्लिङ नारायणगढ सडकखण्डमा पर्ने एक नम्बर पुल भासियो

बिहिबार, २८ असार २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

मुग्लिङ नारायणगढ सडकखण्डमा पर्ने एक नम्बर पुल भासियो

काठमाडौं । गाडीकाे ठक्करबाट नारायणगढ-मुग्लिङ सडकखण्ड अन्तरगत चितवनका इच्छामनकामना गाउँपालिकामा ५ मा रहेको एक नम्बर पुल भासियो छ ।


पुल भासिदा पूर्व पश्चिम राजमार्गमा चल्ने यातायातका साधनहरु प्रभावित भएका छन् । पुल भासिदा यातायात एकतर्फी रुपमा संञ्चालनमा चलिरहेको चितवन प्रहरीले जनाएको छ ।

 

सडक डिभिजन कार्यालय चितवनका अनुसार पुल भाँसिएको नभई  पुलको रेलिङलाई गाडी ठक्कर दिँदा रेलिङ भाँचिएको जनाएको छ । अहिले गाडीहरुलाई रोकेर एकतर्फी रुपमा मात्र संञ्चालन गर्न लगाइएको सडक विभागले जनाएको छ ।