मुख्य समाचार

समाज

देश

वर्षाका कारण उपत्यकाका अधिकांश ठाउँ डुबानमा (भिडियाेसहित)

बिहिबार, २८ असार २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

वर्षाका कारण उपत्यकाका अधिकांश ठाउँ डुबानमा (भिडियाेसहित)

काठमाडाैं । वर्षाका कारण बागमती र हनुमन्ते खोलामा बाढी आउँदा काठमाडौं र भक्तपुरका केही ठाउँ डुबानमा परेका छन् । हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेको छ । 

 

भक्तपुरको जगाती, बाराही ठाउँका वस्तीमा पानी पसेको छ, भने भूकम्प पीडितको शिविर डुबानमा परेको छ । 

 

मध्यपुरथिमिको राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजनाभित्र रहेका वस्ती पुरै डुबानमा परेको छ । मध्यरातीदेखि यहाँका सयौं घर डुबानमा परेपछि यहाँका बासिन्दा घरबाट बाहिर निस्कन पाएका छैनन् ।