मुख्य समाचार

समाज

राजनीति

बोलेरो दुर्घटनामा तीन यात्रुको मृत्यु, नौजना घाइते

बिहिबार, २८ असार २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

बोलेरो दुर्घटनामा तीन यात्रुको मृत्यु, नौजना घाइते

मेलम्ची । सिन्धुपाल्चाेककाे पाँचपोखरी थाङ्पाल गाउँपालिका–४, सल्लेडाँडामा लु १ ख ९९९ नंंको बोलेरो जीप केहीबेरअघि दुर्घटना हुँदा दुई महिलासहित तीनजनाको मृत्यु भएको छ । 

 

दुर्घटनामा मृत्यु हुनेको सनाखत हुन सकेको छैन । दुर्घटनामा नौजना घाइते भएको र उनीहरुलाई स्थानीयवासीले उद्धार गरी उपचारका लागि मेलम्चीतर्फ ल्याउँदै गरेको र घटनास्थलतर्फ अहिले प्रहरी टोली पठाइएको इलाका प्रहरी कार्यालय, मेलम्चीले जनाएको छ । 

 

पाँचपोखरी थाङ्पाल गाउँपालिका तिपेनीबाट सोही गाउँपालिकाको मानेखर्कतर्फ जाँदै गरेको उक्त बोलेरो जीपमा १५ जना सवार रहेको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । रासस