खेल

फुटबल महासंग्राम प्रारम्भ, रसिया ५–० ले विजयी

बिहिबार, ३१ जेठ २०७५ गते प्रकाशित
- Bishow

फुटबल महासंग्राम प्रारम्भ,  रसिया ५–० ले विजयी

रसियामा अाजबाट २१ अाैँ संस्करणकाे विश्वकप सुरू भएकाे छ । सन् २०१८ काे संस्करणकाे साउदी अरेबियाविरूद्धकाे पहिलाे खेलमा अायाेजक रसिया विजयी भएकाे छ । रसिया ५–० गाेल अन्तरले विजयी भएकाे हाे । 

 

मस्काेस्थित लुज्निकि रंगशालामा भएकाे खेलमा रसियाकाे लागि १२ अाैँ मिनेटमा युरी ग्याजिन्सकीले अग्रता दिलाए । त्यस्तै ४३ अाैँ मिनेटमा डेनिस चेरिसेभले रसियालार्इ दाेस्राे गाेल दिलाए । पहिलाे हाफकाे खेलमा रसियाले साउदी अरबियालार्इ दबाबमा राख्नन सफल भयाे । खेलकाे ७१ अाैँ मिनेटमा अार्टेम डिज्युबाले र खेलकाे समय समाप्ति पछिकाे अतिरिक्त समयमा पुनः गाेल गर्दै डेनिसले रसियालार्इ ४–० काे अग्रता दिलाए । त्यसैगरि एलेक्जेन्डर गाेलाेभिनले फ्रि–किकमा गाेल गर्दै रसियालार्इ ५–० काे सहज जित दिलाए । 

 

अहिलेसम्मकाे विश्वकपमा अायाेजक राष्ट्रले उद्घाटन खेलमा पराजय भाेगेकाे छैन । रसियाकाे जितसँगै जसमा १६ खेलमा जित र ६ खेल बराबरीमा राेकिएकाे छ । 

 

शुक्रबार विश्वकप अन्तिम १६ छनाेटकाे लागि तीन खेल हुँदैछ । समूह 'ए' बाट इजिप्ट र उरूग्वे नेपाली समय अनुसार बेलुकी ५: ४५ मा भिड्दै छन् भने समूह 'बि' का माेराेक्काे र इरान ८: ४५ मा र पाेर्चुगल र स्पेन ११: ४५ मा प्रतिस्पर्धा गर्दैछन् ।