समाज

मध्यपुर थिमीमा सिन्दुर जात्रा ...

आइतबार, ०२ बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

मध्यपुर थिमीमा सिन्दुर जात्रा ...

भक्तपुर । विस्केट जात्राको छैठौ दिन आज मध्यपुर थिमीमा सिन्दुर जात्रा गरी धुमधामसाथ मनाइदैंछ ।

 

जात्रामा थिमी क्षेत्रको ३२ वटा खट बालकुमारी मन्दिर परिक्रमा गर्दै नगर परिक्रमा गर्दै मनाउने प्रचलन रहेता पनि जात्रामा अहिले १९ खटमात्रै सहभागी छन् ।

मूल देवता खटमा राखी धिमेबाजाका साथ चिराग बाली सिन्दुरे जात्रा मनाइने गरिन्छ । जात्रामा काँया बाजा, भुस्याबाजा, धिमेबाजा बजाएर देवताका खटलाई घुमाउँदै एक अर्कालाई सिन्दुर दल्ने, आपसमा सिन्दुर खेली स्थानीय जात्रालु रमाइलो गर्ने भएकाले पनि यसलाई सिन्दुर जात्रा भनिएको हो ।

 

त्यसैगरी आज दिउसो थिमिको बोडेमा जिब्रो छेड्ने जात्रा मनाईन्छ ।