समाज

छुट्टाछुट्टै दुर्घटनामा चारको मृत्यु

शनिबार, ०१ बैशाख २०७५ गते प्रकाशित
- नेपाल अाज(PO)

छुट्टाछुट्टै दुर्घटनामा चारको मृत्यु

दाङ । नयाँ वर्ष कै दिन दाङमा शनिबार भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ। राप्ती गाउँपालिका ४ मा को २ च ७५१ नम्बर जिपको ठक्करबाट सोही ठाउँका सुरेश नेपालीका ६ वर्षीय छोरा सुदन नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। 


ठक्करबाट घाइते बालकको लमही अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। त्यसैगरी पानी बोक्ने ट्याङ्करको ठक्करबाट घोराही १६ निवासी २६ वर्षीय प्रेम रोकाको मृत्यु भएको छ। 


 घोराहीको बसपार्कमा लु २ त ९३१२ नम्बरको ट्याङ्करबाट रा २ प ४४९२ नम्बरको स्कूटर चालक रोकालाई उपचारका लागि राप्ती उप क्षेत्रीय अस्पताल लैजाँदै गर्दा बाटो मै मृत्यु भएको हो। त्यसैगरी राजपुर ६ गम्दी खोलामा डुवेर विनोद भण्डारीकी ५ वर्षीया छोरी नैनाको मृत्यु भएको छ।


 यस्तै, गढवा गाउँपालिका ७ मानखोला कालाकाटे लमहीतर्फ आइरहेको लु ३ त ९३६६ नम्बरको ट्याक्टरको ठक्करबाट लमही १ का २२ वर्षीय बुद्धीलाल सार्कीको मृत्यु भएको छ। ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।