व्यापार

मन्त्रीलाई फन्दामा पार्दै कालोबजारी गर्ने अटोमोबाइल व्यवसायीहरुको यस्तो योजना

उपभोक्ता विभाग खारेज गर्न अटोमोबाइल व्यवसायीहरु प्रयासरत

मङ्गलबार, २२ फागुन २०७४ गते प्रकाशित
- नेपाल आज (RP)

मन्त्रीलाई फन्दामा पार्दै कालोबजारी गर्ने अटोमोबाइल व्यवसायीहरुको यस्तो योजना

काठमाडौं । सरकारले आपुर्ति मन्त्री नियुक्त गरेलगत्तै अटोमोबाइल व्यवसायीहरु आफू प्रतिकुलका ऐन–कानुन फेर्नका लागि लबीङ थालेका छन् । आपुर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग नै खारेजीको लागि उनीहरुले मन्त्रालयसँग लबिङ गर्न थालेका हुन् ।

 

विभागले विभिन्न चरणमा गरेको अनुगमनका क्रममा अटोमोबाइल व्यवसायीले उपभोक्ताबाट कानुनविपरित मूल्य असुली गरेको भेटेर कारवाही गर्न थालेपछि त्यसबाट बच्न आफू अनुकुल वातावरण निर्माण गर्न लागि परेका हुन् ।

 

मात्रिका यादव आपुर्तिमन्त्रीमा नियुक्त भएसँगै व्यवसायीहरु दैनिकजसो मन्त्रालय धाउन थालेका छन् । मन्त्रीसँग भएका हरेक बैठकमा उनीहरुले विभागको खारेजीको माग गर्दैआएका छन् ।

 

हुण्डाई कम्पनीका सवारीसाधन बेच्दैआएको नेपाली बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका मालिक अन्जन श्रेष्ठको नेतृत्वमा व्यवसायीको टोली हरेक दिन मन्त्रालय धाउँदैआएको बुझिएको छ ।

 

श्रेष्ठ अटोमोबाइल्स व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाईल्स एसोसिएशन अफ नेपालका अध्यक्षसमेत हुन् । उनीलगायतका अटोमोबाइल व्यवसायीले वर्षैँदेखि सञ्चालन गर्दैआएको कालोबजारीलाई ढाकछोप गर्दै मन्त्रालयदेखि उच्चतहका कर्मचारीलाई आर्थिक प्रलोभन देखाएको स्रोतले बताएको छ ।

 

श्रेष्ठकै अध्यक्षतामा नाडाले पत्र लेख्दै सरकारी निकायबाट सम्पादन हुने काम कारवाही क्षेत्रमा दोहोरोपन (डुप्लिकेसन) कायम भइ राज्यको दोहोरो व्यवहारले व्यवसायी मारमा परेको बताएको छ । विभागको अनुगमन तथा कारवाहीबाट व्यवसायी चेपुवामा परेको र लगानी व्यवसायको वातावरण बिग्रन गइ व्यवसाय नै बन्द हुने स्थितिमा पुग्ने भन्दै घुमारो पारामा सरकारलाई धम्क्याउँदैआएको छ । नाडाले सरकारले प्राप्त गर्दै आएको राजस्वमा समेत असर पर्ने बताउँदै अनुगमन रोक्न दवाव दिँदैआएको छ ।

 

तर विभागले उपभोक्ता संरक्षण ऐनअनुसार बजार अनुगमन गर्दा र सवारीसाधन बिक्री गरेका कागजात अध्ययन तथा विश्लेषण गर्दा भन्सार ऐन, मूल्य अभिवृद्धि कर ऐनसमेत आकर्षण हुने देखिएको छ । व्यवसायीको कैफियत हेर्दा भन्सार ऐन २०६४, मूल्य अभिवृद्धि कर ऐन २०५२, उपभोक्ता संरक्षण ऐन २०५४ र कालोबजार तथा केही सामाजिक अपराध तथा सजाय ऐन २०३२ आकर्षित हुन्छन् ।

 

व्यवसायीले न्यूनविजिकरण तथा कर छली गरी सवारी साधनलागायतका मालसमाना आयात गरेकाले राज्यको राजस्वमा समेत असर परेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताउँदैआएका छन् । उनले न्यूनविजिकरण र कर छलीलाई रोक्न राजस्व विभागका कर्मचारीलाई निर्देशनसमेत दिइसकेका छन् ।

 

अर्थमन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा, काँकडभिट्टा, विराटनगर, ड्राइपोर्ट, वीरगञ्जलगायत मुख्य भन्सार कार्यालयका प्रमुखलाई भन्सार छली नियन्त्रण गर्न निर्देशन दिएका थिए ।

 

राजस्व असुलीमा देखिएको शिथिलताप्रति कडा निर्देशन दिँदै अर्थमन्त्री डा. खतिवडाले भनेका छन् ‘राजस्व जोखिम हुनेगरी कुनै काम कारवाही भएको पाइए शून्य सहनशीलता अपनाइनेछ ।’ चालु आ.व.को बजेटमा सात खर्ब ३० अर्ब राजश्व संकलनको लक्ष्य राखिएकोमा अघिल्ले सात चार खर्ब सात अर्ब अर्थात ५५.७८ प्रतिशतमात्र प्रगति भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

साथै, अर्थमन्त्रीले अटोमोबाईल्सलगायतका अनुत्पादनक क्षेत्रमा ऋण प्रवाह नगर्नसमेत बैंकहरुलाई निर्देशित गरेका छन् । पछिल्लो समय केन्द्रीय बैंकले ल्याएको नीतिले निजी सवारीसाधन खरिद गर्न सहज बनाएको छ । सवारी किन्न ३५ प्रतिशत ‘डाउन पेमेन्ट’ गरे पुग्छ । बाँकी पैसा बैंक तथा वित्तीय संस्थाले ऋण दिन्छ । बैंक तथा वित्तीय संस्थाहरुले सवारीसाधनमा एक खर्ब ५० अर्बभन्दा बढी ऋण प्रवाह गरेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

 

उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको कमाण्डमा हकी स्वभावका नेता मात्रिका यादव छन् । गैरकानुनी तरिकाले उपभोक्तामाथि सिन्डिकेट खडा गरी कालोबजारी चलाइरहेका अटोमोबाइल व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन मन्त्री यादवले अपनाउनसक्ने नीति भने हेर्न बाँकी छ ।


 र याे पनि,

► एलडीओलाई ट्वाइलेटमा थुन्ने मन्त्री मात्रिकाले रोक्लान् त अटाेमाेबार्इल्सकाे कालोबजारी ?

► आकाशीयो हुण्डार्इ कार बिक्रेताको कालोबजारी, मूल्य नघटाउने नियत

 गाडी बिक्रेतालाई मस्ती, उपभोक्तालाई सास्ती

 कालोबजारी नगरेको भन्दै नाडाले निकाल्यो विज्ञप्ति 

नाडा महासचिव दुलाल भन्छन्ः हामीलाई नाफा अझै पुगेको छैन (भिडियो) 

‘रेनल्ड’ गाडीमा ब्रह्मलुट, समाचार लेख्दा सञ्चार माध्यम बन्द गरिदिने धम्की (भिडियो)

 ‘रेनल्ड’ गाडी र 'सुजुकी बाईक'मा ब्रह्मलूट, ८ लाखको गाडीलाई ३५ लाख !

  निसान गाडीमा निरन्तर ठगी

  उपभोक्ता हित संरक्षण विभागको अनुगमन तिब्र तर कारवाही शून्य

  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले(भिडियाेसहित)

  अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित)

  कालोबजारी गर्ने कसैलाई पनि छाड्दिन (भिडियोसहित)

  ‘एड्भान्स्ड अटोमोबाईल्स’ले कालोबजारी गरेको भन्दै महानिर्देशक दाहालको निर्देशनमा छापा मारियो

  रोकिएन ‘फोर्ड’ गाडीको चर्को कालोबजारी 

  कालोबजारी गर्नेहरुलाई यसरी तह लगाउँदैछन् महानिर्देशक दाहालले (भिडियोसहित)

  पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

►  यामाहाको लुट एकलौटी, डिलर सञ्चालकले पाउँछन् मात्रै पाँच प्रतिशत

►  यामाहाले एउटै मोटरसाइकलमा ७८ हजार फाइदा लिने गरेको खुलासा

  अब मोटरसाइकलमा लुट मच्चाउनेहरुको बज्ने भयो बाह्र (भिडियाेसहित) 

► युवतीहरू हुरुक्क हुन्छन् स्कुटीमा, स्कुटीबाटै लुट्छन यिनले (तालिकासहित)

 नामका प्रतिष्ठित व्यापारी, काममा देश सिध्याउने मेलो

► यामाहाको लुट जानौं, लुट्ने पनि चिनौं (लुटको लिस्टसहित)

 हुन्डाईमा चर्काे कालाबजारी : एउटै कारमा साढे २१ लाख रुपैयाँसम्म झ्वाम

 अभिक ज्योतिको व्यापार लुटको जगमा

 समाचार प्रभाव : गाडीमा कालोबजारी गर्ने हुन्डाईको सो रुममा छापा, कागजात नियन्त्रणमा

 नाडा अटो मेलामा जाँदै हुनुहुन्छ ? बजाजको ठगीबाट बच्नुहोला

 पल्सरको प्रेममा परेका युवालाई यसरी ठग्दो रहेछ बजाजले

 गोल्छाबाट लुटिएको थाहा पाएपछि ग्राहकहरु बजाजका मोटरसाइकल फिर्ता गर्न सोरुम पुग्न थाले

 बजाजको मोटरसाइकलमा लुट मच्चाउने शेखर गोल्छा उद्योगी व्यापारीको नेता हुने दौडमा