अपराध सुरक्षा देश

सिरहाको गोलबजारस्थित एनटिसीको टावर नजिकै भेटियो शक्तिशाली प्रेसरकुकर बम

सिरहाको गोलबजारस्थित एनटिसीको टावर नजिकै भेटियो शक्तिशाली प्रेसरकुकर बम

सिरहा । सिरहाको गोलबजार नगरपालिका-४ स्थित नेपाल टेलिकम टावरनजिकै प्रेसरकुकर बम फेला परेको छ । टेलिकम टावरदेखि करिब डेढ सय मिटर दक्षिणमा शक्तिशाली प्रेसरकुकर बम फेला परेको हो ।

 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घाँगभित्र राखिएकाले प्रेसर कुकर बमको यकिन हुन सकेको छैन । घटनास्थलमा अहिले नेपाली सेनाको श्री नयाँ गोरख गण चोहर्वाबाट आएको बम स्पिोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीले घेरा हालेका छन् ।

 

बम भेटिएपछि त्यस क्षेत्रमा आवतजावत बन्द गरिएको छ । बम भेटिएको ठाउँ नजिकै ‘स्वतन्त्र तराई निर्माण सेना’को पर्चासमेत भेटिएको प्रहरीले जनाएको छ ।