कभर स्टोरी भिडियो कुरा: युवाको

युवाले बुढाहरुबाट कांग्रेसको लगाम खोस्नु पर्छ (भिडियोसहित)

हिन्दुत्वको मुद्दा बोक्दा कांग्रेस समाप्त हुन सक्छ 

युवाले बुढाहरुबाट कांग्रेसको लगाम खोस्नु पर्छ (भिडियोसहित)

अर्थ राजनीतिबारे विश्लेषण गर्ने युवा विश्लेषक हरिराम रिमालले राजनीतिक परिदृश्यबाट जनता निराश भएको र राज्यले जनताको ध्यान केन्द्रित गर्न सक्ने गरी कुनै कार्यक्रम नल्याएको टिप्पणी गरेका छन् । रिमालको नियमित भिडियो स्तम्भर ‘कुरा युवाको’मा  कुराकानी गर्दै सत्ता पक्ष र प्रतिपक्ष दुवैले जनभावनाअनुसार काम गर्न नसकेको औंल्याएका छन् । 

 

नेपाली कांग्रेसको महासमिति बैठकलाई नजिकबाट नियालि रहेका रिमालले पार्टीमा अलमल र  दुविधाको स्थिति रहेको र त्यसलाई पार्टीका बुद्धिजीवीले नेतृत्व प्रदान गरेर सही दिशातर्फ उन्मुख गराउनु पर्ने ठाउँमा कांग्रेस एकदमै प्रतिगमनकारी मुद्दामा फर्किएको बताए । कांग्रेस हिन्दुत्व र राजसंस्थाको कुरा उठाएर ‘सेफ जोन’मा पुग्न सकिन्छ भन्ने भ्रम परेको भन्दै उनले कांग्रेसकै दुई तिहाइको सरकारलाई राजाले अपदस्त गरेको स्मरण गराए । दूरदृष्टि नेतृत्व र आफ्ना मुद्दा बलियो ढंगले अगाडि लिएर जान नसकेका कारण पार्टी र नेताहरू चौतर्फी रूपमा आलोचित हुने गरेको औँल्याएका छन् । उनले कांग्रेस आफ्ना मुद्दालाई बलियोसँग पक्रन सके मात्रै कम्युनिष्ट पार्टीभन्दा पनि शक्तिशाली र प्रगतिशील हुने तर्कसमेत गरे ।

 

विश्लेषक रिमालले कांग्रेस सभापति शेरबहादुर देउवा वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताकै भाषण र व्यवहार हाँस्यास्पद भएको बताउँदै उनीहरूको व्यवहार हेर्दा कसरी यी नेताहरू यति ठूलो पदमा पुगे ?  तीन/चारपटक नेपालको प्रधानमन्त्री कसरी भए होलान् ? भन्नेमै अचम्म लागेको बताए । उनले बिपी कोइराला र सुवर्ण शमशेरले युवाअवस्थामा गठन गरेको पार्टीको जगमा बसेर वर्तमान कांग्रेस नेतृत्वले ब्याज खाएको र पार्टीभित्र उनीहरूको कुनै पनि प्रकारको योगदानै नभएको दावीसमेत गरे ।

">

कांग्रेसका शीर्ष नेताहरूमा आफ्नै कार्यकर्ता पहिचान गर्न नसक्ने अवस्थामा पुगेका छन् । वृद्धावस्थाका उनीहरुको आँखाले राम्रो काम गर्दैन, दिमागले राम्रो सोच्न सक्दैन भने यस्ता नेताले पार्टी र देश कसरी हाँक्न सक्छन् ? रिमाल प्रश्न गर्छन् । राजतन्त्रका विरुद्धमा लडेका युवा नेताहरूले नेतृत्वलाई खोसेर हातमा लिने सहास नगरे कांग्रेसले पुनर्जीवन नपाउने धारणा राखे । उनले यही स्थिति रहेसम्म कांग्रेस कहिल्यै पनि अगाडि आउने नसक्ने ठोकुवासमेत गरे ।

 


विश्लेषक रिमालले कांग्रेसले राजाको र हिन्दुत्वको मुद्दा उठाए पनि अब राजसंस्था पर्किन नसक्ने बताए । नेपालको भूराजनीति बुल्कुलै फरक भएको भन्दै उनले समाजमा ब्याक गियर नभएकाले समाजपछाडि नफर्की आफ्नै गतिमा अगाडि बड्ने विश्लेषण गरे । दुईचार जनाले आवाज उठाउँदैमा संघीयता र गणतन्त्र विस्थापित हुने  र हिन्दुत्व तथा राजसंस्था पुनस्र्थापित नहुने उनको तर्क छ ।

 

 

उनले कुराकानीको क्रममा कांग्रेसको मात्र नभई सरकारको नेतृत्व पार्टी नेकपाको समेत कडा आलोचना गरेका छन् । उनले पपुलिस्ट कार्यक्रममा नलागी नेपालको गरिबीलाई अन्त्य गर्नका लागि सरकारले दीर्घकालीन कार्यक्रम ल्याउने तर्फ ध्यान सुझाउँछन् ।
 

ADVERTISEMENT