कभर स्टोरी भिडियो अपराध सुरक्षा

समाचारले ल्याएको उथलपुथल (भिडियोसहित)

समाचारले ल्याएको उथलपुथल (भिडियोसहित)

काठमाडौं । २०७४ साल माघ २८ गते एउटा समाचार छापियो ‘होमो सेक्सले प्रहरी हैरान’ शीर्षकमा । छापिएको समाचारले जीवन सिलवालको जीवनमा नसोचेको मोड आयो । समाचार छापिएको एक वर्षमा सिलवाल हिन्दु(वैष्णव) बाट मुस्लिम भइसकेका छन् भने दीपेन्द्र शाह नाम गरेका एक पुरुषको यौन दूर्व्यवहारमा परेका सिलवाल थप पीडामा परेको बताउँछन् । उनी आफू दुई पटक मरिसकेको बताउँछन् । उक्त समाचार पत्रपत्रिकामा आएपछि समाचार झुटो भएको भन्दै खण्डन छपाउन विभिन्न मिडिया हुँदै प्रेस काउन्सिलको ढोकामा पुगेका उनी प्रेस काउन्सिलकै अधिकारीबाट थप यौन शोषणमा परेको पीडा पोख्छन् । यतिमात्र होइन, उनको जीवन सुरक्षाको ठेक्का लिँदै ती व्यक्तिले सिलवाललाई आफ्नो कमजोर समयको फाइदा उठाएर धर्म परिवर्तनसमेत गर्न लगाएको सिलवालको आरोप छ । 

 

पेशाले सिलवाल एक भेटनरी प्राविधिक हुन् । सिलवालको अनुसार पत्रपत्रिकामा छापिएको उक्त समाचारले उनलाई तेस्रो लिंगीको रूपमा स्थापित गरिदियो । जसकारण उनलाई समाजमा बस्न सक्ने अवस्था भएन ।

 

पहिलो यौैन दूर्व्यवहार 

सिलवालको घर गोदावारी नगरपालीका, लेले वडा नम्बर पाँचमा पर्छ । आफू ९ वर्षको हुँदा नै यौन दूर्व्यवहारमा परिसकेको उनी बताउँछन् । बेलाबेलामा उनको प्रेसर कम भइरहन्थ्यो । काम गर्ने क्रममा प्रेसर लो भइरहने हुँदा उनी प्रसर चेक गर्न लेलेस्थित हेल्थ पोष्टमा धाइरहन्थे । त्यहाँ उनको भेट हेल्थ पोष्टका इन्चार्ज दीपेन्द्र शाहसँग यो पटक अर्कै किसिमले भयो । जोसँग जीवनको सामान्य चिनजान थियो । शाहले सिलवाललाई नराम्रो रुपमा छुने अश्लिल कुरा गर्ने गर्थे ।

 

उनको हर्कत सिलवाललाई साथीभाइ सोचेर ख्यालठट्टा गरेको होलाजस्तो लाग्यो । एकदिन उनी प्रेसर जाँचकै लागि हेल्थ पोष्ट छिरे । अफिसमा दीपेन्द्र एक्लै थिए । ओपिडीभित्र पुगेपछि शाहले ढोका लगाए र आफू सिलवालप्रति शारीरिक रूपमा आकर्षित भएको बताए । शाहले आफूू श्रीमतीबाट असन्तुष्ट भएको र सिलवालसँग मुख मैथुन गर्न चाहेको प्रस्ताव राखे । जबरजस्ती लुुगा खोलेर शाहले सिलवाललाई मैथुन गर्न लगाए । सिलवालले प्रतिकार गरेपछि शाहले आफूलाई अधुरो नछोड्न बिन्ती गरे । शाहलाई त्यहीं मुखभरिको वचन दिएर सिलवाल त्यहाँबाट निस्किए । 

 

त्यहाँबाट निस्किएर बाहिर अन्य व्यक्तिसँग बुझ्न खोज्दा शाहले अन्य बालबालिकालाई पनि यौन दूर्व्यवहार गर्दै आएको र बच्चाहरू हेल्थ पोष्ट छेउछाउ जान डराउने गरेकोबारे सिलवालले थाहा पाए । यो सबै थाहा पाएपछि अब चुुपचाप बस्नु हुँदैन भनेर यो सबै कुरा उनले प्रहरी तुुलसीराम केसीलाई भने । गाउँका वडा अध्यक्षसँग नजिक रहेका दीपेन्द्रले सुरुमै वडाअध्यक्षसँग मिलेर आफूबारे नराम्रो प्रचार गरेको सिलवाल बताउँछन् । जसकारण प्रहरीले पनि उनको बयान सुन्न र बुझ्न मानेन ।   

 

दीपेन्द्रले आफ्नो काम सफल बनाउन नसकेपछि सिलवाललार्ई बर्बाद पार्न गुण्डाको सहारा लिएको सिलवालले बताए । उनी मानसिक रुपमा विक्षिप्त भइसकेका थिए । त्यसको भोलिपल्ट जिल्ला जनस्वास्थ्यका प्रमुख झलक शर्मा पौडेललाई गएर सिलवालले सबै वृतान्त भने । पौडेलले अनुगमन टोली पठाएपछि शाहले बच्चाहरुलाई दूर्व्यवहार गरेको र उनीसँग बच्चा डराउने गरेको तथ्य पनि बाहिर आयो । अभिभावकले पनि यसबारे खुलेरै बोले । तर वडा अध्यक्षका परिवारले भने आफूलाई गाउँ समाजको अगाडि नराम्रो बनाउन खोजेको सिलवाल बताउँछन् । सारा गाउँको अघि दीपेन्द्रले अब यस्तो गर्दिन जागिर नखोस्नुस् भन्दै माफी मागे । सिलवालले पनि माफी दिए । 

 

तर यही कुरालाई अहिले वडा अध्यक्षका परिवारले दूष्प्रचार गरिरहेको र आफूूलाई समाजमा बस्न असहज भइरहेको सिलवाल बताउँछन् । उनको यही गलत दुष्प्रचार हुने क्रममा नै अन्नपूर्ण पोष्टमा ‘होमो सेक्सले प्रहरी हैरान’ भन्ने समाचार प्रकाशित गरेको सिलवालको ठहर छ । 

 

पत्रपत्रिकामा उक्त समाचार आएपछि न्याय माग्न उनी प्रेस काउन्सील पुगे । एक मिडियाले पुरुषबाट पुरूष बलात्कार भन्ने शिर्षकै बनाएर समाचार हाल्यो । जसले आफूलाई थप पीडामा पारेको बताउँछन् उनी । पत्रकारले पूरा कुरा नसुनेर नै अहिलेसम्म आफूले दुःख पाइरहेको उनको भनाइ छ । 

 

एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा !
 

प्रेस काउन्सिलमा जाने क्रममा उनको भेट अनुुगमन अधिकृत रहमतुल्लाह मियासँग भयो । सिलवालको समस्यामा मियाले साथ दिन थाले । दुुईबीच कुराकानी बढ्न थाल्यो । बिस्तरै उनीहरूबीच सम्बन्ध झँगिदैं गयो । प्रेमी प्रेमिकाजस्तो आत्मिय सम्बन्धमा गाँसिए उनीहरू । 

 

रहमसँग उनी नजानिदों तवरमा प्रेममा पर्न थाले । उनका हरेक कुरा मान्न सिलवाललाई कुनै संकोच भएन । तसर्थ मियासँगको भेट पछि जीवनले नयाँ जीवन पाए । उनी जीवन सिलवालबाट उस्मान तुल्लाह मिया भए । काउन्सिलमा रहेको गोप्य कोठमा लगेर कल्मा पढाएर रहमले जीवनलाई इस्लाम बनाए । अहिले आएर आफू मानसिक रूपमा कमजोर भएको फाइदा रहमले उठाएको र आफूलाई हिन्दूूबाट मुस्लिम बनााएको जीवन बताउँछन् । यसअघि जीवन हिन्दू धर्ममा पनि वैष्णव थिए । 

">

मुस्लिम बनाउने समयमा रहमले जीवनको सुन्दर जीवन, रोजगारीको सुरक्षा, भविष्य र विवाह गराइदिने जिम्मासमेत लिएका थिए । गाउँघर, प्रहरी, छिमेकी सबैबाट लखेटिएको समयमा अहमलाई आफ्नो साहाराको रूपमा पाएका कारण आफूूले उनले भनेको सबै मानेको जीवन बताउँछन् । रहमतुल्लाह उनकोे लागि भरपर्दो व्यक्ति र सबथोक भइसकेका थिए । 

 

सम्बन्ध अझै नजिक हुन थाल्यो । जीवनले अहमलाई प्रेम गर्न थाले । दुवै रात दिन फोन र मेसेजमा कुुरा गर्थे । उनीहरूको सार्वधिक भेट काउन्सिलमै हुन्थ्यो । कार्यालयमा अरूलाई डिस्टर्ब हुनसक्छ बरु बाहिरै भेट्ने प्रस्ताव राख्दा पनि रहमले कुुनै समस्या नहुने भन्दै सिलवाललाई काउन्सिलको गोप्य कक्षमा भेट्थे । तर त्यो खुशी धेरै दिन टिक्न सकेन । 

 

रहमतुल्लाहकी श्रीमतीले उनीहरूको मेसेज देखिन् । अफिसमा पनि धेरैले कुुरा गर्न थालिसकेका थिए । त्यसपछि रहमतुल्लाह सतर्क हुुन थाले र उनको व्यवहारमा परिवर्तन आयो । उनले सिलवालललाई दबाएर राख्न खोजे तर जीवन दबिएर बस्न चाहेनन् । उनले रहमसँग आफ्नो हक माग्न थालेपछि उनी टाढिदैं जान थाले । जीवन पुनः डिप्रेसनमा पुगे ।

 

विस्तारै विस्तारै रहमले आफूबीचका मेसेज अफिसमा साथीलाई देखाउन थालेको र जीवन तेस्रो लिंगी भएको डंका फुक्न थालेको सिलवालले बताए ।  जसकारण दुईबीच मनोमुटाव भयो र सम्झाउन बुझाउन खोजे पनि कोही सम्झिन नचाहेको सिलवालको भनाइ छ । मिलापत्र गर्नका लागि त्यसपछि रहमले थुप्रै कागजात लिएर सिलवालसमक्ष आए । तर अब सिलवालले मानिरहेका छै्रनन् । आफ्नो मानको लागि अब कानूनी सहारा लिने उनको दाबी छ । 

जीवन सिलवाल