भिडियो देश

‘क्रिष्चियनहरुको समिटले पास गर्ने एजेन्डा नियालिरहेका छौं’ (भिडियोसहित) 

‘क्रिष्चियनहरुको समिटले पास गर्ने एजेन्डा नियालिरहेका छौं’ (भिडियोसहित) 

काठमाडौं । एसिया प्यासिफिक समिति २०१८ ले पास गर्ने एजेन्डा आफूहरुले पर्खिरहेको विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले जनाएको छ । 

मंसिर १५ र १६ गते काठमाडौंमा हुन लागिरहेको समिटको सहयोजकका रुपमा रहेको नेपाल सरकारपछि हटे पनि त्यो देखावटी भएको महासंघको ठहर छ । बुधबार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा कार्यवाहक अध्यक्ष प्रमोद कुमार चौडरियाले भने, ‘यो समिटले कस्ता एजेन्डाहरु पास गर्छ त्यसका आधारमा पनि कतिपय कुराहरु स्पष्ट हुनेछ । त्यसपछि पनि हामी आयोजक, सहआयोजकहरुबाट थप धारणा बनाउन सक्छौं । ’

कार्यक्रममा महासंंघकी महासचिव अस्मिता भण्डारीले नेपालका सबैजसो नेताहरु  क्रिष्चियन मिसिनरीसँग बिक्री भइसकेको आरोप लगाइन् । महासचिव भण्डारीले भनिन्, ‘बाहिरबाट हेर्दा चन्दन लगाउनेहरु पनि छन् । बाबुआमाको १३ दिने किरिया गर्नेहरु पनि छन् । तर भित्रभित्रै क्रिष्चियनका लागि काम गर्छन् । यिनीहरुले नेपाली धर्मसंस्कृति नष्ट गर्न खोजिरहेका छन् ।’ 

 

समिटविरुद्ध महासंघ खुलेरै मैदानमा उत्रिएको छ ।