समाज

बहस सकिएलगत्तै केसीले भनेः न्यायको लागि मेरो लडाइँ जारी छ, दया देखाएर मुद्दा खारेज नगरे हुन्छ

बुधबार, २६ पुष २०७४ गते मा प्रकाशित

kc

डा. गाेविन्द केसीले दया देखाएर मुद्दा खारेज नगर्न अदालतलार्इ चुनाैती दिएका छन् ।

 

अाफूविरूद्ध लागेकाे मुद्दामा बहस सकिए लगत्तै डा केसीले आफूलाई सजाय हुन्छ भन्ने डर नभएको भन्दै अाफ्नाे मुद्दा खारेज नगर्न चुनाैती दिएका हुन् ।

 

‘मलाई दया देखाएर मुद्दा खारेज गर्नुपर्दैन, न्याय गर्नुस्,’ उनले भने,‘सजाय हुन्छ भनेर मलाई डर छैन, न्यायको लागि मेरो लडाइँ जारी हुन्छ।'

 

उनले प्रधानन्याधीश गाेपाल प्रराजुलीले राजीनामा नदिएसम्म अान्दाेलन जारी राख्ने अाफ्नाे अडान कायमै राखेका छन् । 'प्रधानन्यायधीशले राजीनामा नदिएसम्म मेरो संघर्ष जारी रहन्छ’ उनले भने ।

 

केसीविरूद्धकाे मुद्दाकाे बहस सकिएकाले अदालतले आजै साँझ आदेश दिने तयारी गरेको छ। केसीको पक्षमा कृष्णप्रसाद भण्डारी, ओमप्रकाश अर्याल, कपिलदेव ढकाल लगायतले बहस गरेका थिए।

 

त्यस्तै मुद्दा दायरकर्ताको पक्षबाट रमन श्रेष्ठ, कुमार रेग्मी लगायतले बहस गरेका थिए।