कभर स्टोरी भिडियो समाज

राजा महेन्द्रको कू भोगेका नेम्वाङ, सेनाबाट कसरी आए ब्रिटिस गोर्खा नेपाली परिषदमा (भिडियो)

राजा महेन्द्रको कू भोगेका नेम्वाङ, सेनाबाट कसरी आए ब्रिटिस गोर्खा नेपाली परिषदमा  (भिडियो)

नेपालीहरुको पक्षमा वकालत गर्ने संस्था ‘ब्रिटिस गोर्खा नेपाल परिषद्’को नाम धेरै सुन्ने गरिन्छ । सन् २०१५ मा स्थापना भएको यो संस्थाले छोटो समयमा नै ठूलो प्रभाव पार्न सफल भएको हो । पूर्वब्रिटिस सैनिक एकराज नेम्वाङ अध्यक्षतामा जन्मेको यो संस्थाले विशेष गरि गोर्खा समुदायसँग नजिक रहेर नेपालीहरूकाे हकहितका लागि आवज उठाउँदै आएको छ । पाँचथरमा जन्मेर संघर्ष गर्दै ब्रिटिस सैनिकसमेत रहेका ब्रिटिस गोर्खा नेपाल परिषद्को संस्थापक अध्यक्ष नेम्बाङ राजाले कु गरेर पञ्चायती शासन सुरू गर्दा उनी भर्खरै बुझ्ने भएका थिए । २०१७ सालमा राजा महेन्द्र शाहले जननिर्वाचित सरकारविरुद्ध कु गर्दा बीपी कोईराला प्रधानमन्त्री थिए । राजा महेन्द्रले जननिर्वाचित प्रतिनिधिलाई हटाएर पञ्चायती व्यवस्था सुरु गरेपछि राजनीतिक माहोल तात्यो । नेम्बाङका बाजे भुमीबिक्रिम नेम्वाङ राजा विरोधी थिए । उनले राजाविरुद्ध हतियार उठाएर संर्घष गरे । हतियार उठाएकै कारण उनका बाजेको सम्पती र जग्गा जमिन कब्जा सरकारले र्गयो । उनको परिवार बिल्लीबाठ भयो । उनले आफूलाई राजनीतिक पीडित परिवारको सदस्य भन्न रुचाउछन् । पीडित परिवारको भएकाले उनको बाल्यकाल राम्रोसँग बित्न पाएन । एसएलसीसम्म उनले पाँचथरमै गरे । त्यसपछिको पढाइलाई बिट मार्दै उनले ब्रिटिस सैनिकमा भर्ती हुने मनसाय बनाए । उनको गाउँमै ब्रिटिस सैनिकमा भर्ना गर्नका लागि गल्ला लागेको थियो । त्यसैबाट अरु साथीसँगै उनी पनि सैनिकमा छानिए र ब्रिटेनतिर लागे ।
सेनामा रहदाका यस्ता कयौँ घटना छन् जसलाई उनले कहिल्यै बिर्सिन सक्दैन । सैनिक जीवनमा उनी बोस्नियाहर्ज गोभिना, अफगानस्तानलगायत धेरै देशमा युद्धको लागि गए । सेनामा दक्ष र राम्रो फोर्सले युद्धमा अगाडिको कमाण्ड समाल्ने गथ्र्यो । उनी स्पेशल फोर्समा धेरै पटक काम गरे । धेरै पटक खतराबाट बाँचे । पछि ब्रिटेन सैनिकले जुनियर कमाण्डर हुँदा कार्यक्षेत्रमा उत्कृष्ट काम गरे बापत उनलाई अवार्डले सम्मान पनि गर्यो । उनले बिट्रिस सेनामा १८ वर्ष काम गरेपछि अवकाश लिए । अवकाशपछि आफ्नै देशमा केही गर्नु पर्छ भन्ने सोचसहित उनले ब्रिटिस गोर्खा नेपाल परिषद् खोलेको बताउँछन् । उनी स्कुल पढ्दा देखिनै राजनीतिमा चासो राख्थे । पारिवारिक वातावरण त्यस्तै थियो । गाउँमा साथीहरुसँग मिलेर क्लव खोलेका थिए । क्लबबाट गाउँमा विभिन्न कार्यहरु गरेका थिए । क्लबले समाजमा राजनीतिक र सामाजिक चेतना फैलाउन सहयोग गरेको थियो । बिट्रिस सेनामा हुदाँ पनि उनी सामाजिक र राजनीतिक गतीविधिबाट टाढा भएनन् । सेनामै बसेरै भएपनि विभिन्न संघसस्थालाई सहयोग गर्दै आए । सन् २०१५ मा नेपालीहरु बिट्रिस सेनामा गएको २०० वर्ष पुग्यो । सो अवसरमा उनले बिट्रिस गोर्खा परिषद स्थापना गरेको बताउछन् । ब्रिटिस सैनिकबाट अवकासपछि नेम्बाङले नेपालीहरुले भोगिरहेको समस्यालाई सम्बोधन होस भन्ने हेतुले ब्रिटिस गोर्खा नेपाल परिषद्को स्थापना गरे । ‘कलाकारिता, पत्रकारिता, साहित्य, संगीत र खेलकुदलाई राम्रो बनाउन यो सस्था खोलेका हौँ ।’ नेम्वाङ भन्छन् – ‘संसारभरी रहेको गोर्खाली र नेपालीहरुलाई एकताको सुत्रमा बाध्न पनि यो सस्थाले महत्वपूर्ण भूमिका खेल्छ ।’ परिषदले आफ्नो शाखा युइई, हङकङ लगायत अन्य देशमा खोलिसकेको छ । आगामी दिनमा कलाकारिता, पत्रकारिता, साहित्य, संगीत र खेलकुदमै योगदान दिनका लागि परिषद्ले कार्यक्रम गर्ने योजना बनाएको छ । अबको केही वर्षमा देश र देश विकासको लागि परिषद्ले धेरै योगदान गर्ने योजनामा रहेको नेम्वाङ बताउछन् । ब्रिटिस गोर्खा परिषद् गोर्खालीहरुको हितको लागि नभई देशको हितको लागि काम गर्ने नेम्वाङ उनको भनाई छ । उनी भन्छन् –‘यो परिषद् नेपालको सबै समुदायको हितको लागि खोलिएको हो । कुनै निश्चित वर्ग र समुदायको लागि हैन ।’ नेपाल आज डट्कमका लागि सागर बुढाथोकीले गरेको कुराकानीको सम्पादित आलेख    bhumi bikram nembang british gorkha nepali parisad