भिडियो राजनीति

भारतलाई कलेजो काटेर दिन सकिँदैनः चित्रबहादुर केसी (भिडियोसहित)

भारतलाई कलेजो काटेर दिन सकिँदैनः चित्रबहादुर केसी (भिडियोसहित)

पुस २३ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ता पक्षलाई लम्पसारबादीको संज्ञा दिएका छन् । उनले सरकारले पेश गरेको संविधान संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै सो बिरुद्ध उभिन सबैलाई आग्रह गरेका छन् ।

शुक्रबार प्रदर्शनी मार्गमा भएको कार्यक्रममा बोल्दै केसीले प्रदेश बाँडफाँडको मुद्धामाथि असन्तुष्टि जनाउदै कलेजो काटेर दिन कोही पनि तयार नहुने अभिव्यक्ति दिए । उनले प्रधानमन्त्री प्रचण्डलाई बेकुफी काम नर्गन आग्रह गरेका छन् ।

एमालेसहित प्रतिपक्षी ९ दलले गरेको विरोध कार्यक्रममा केसीले सत्ता पक्ष भारतको इशारामा चलेको आरोप लगाएका थिए । कार्यक्रममा बोल्दै केसीले कुनै पनि हालतमा सविंधान संसोधन मान्य नहुने बताएका छन् ।