मेरो परिवार मेरो कथा

लाखौं कमाइ हुने जागिर र ग्रिनकार्ड त्यागेर नेपाल फर्केका दिपक

लाखौं कमाइ हुने जागिर र ग्रिनकार्ड त्यागेर नेपाल फर्केका दिपक

abandon-us-green-card-nepalaaja

दिपकराज जोशी दुई बर्षअघि नेपाल फर्कदा धेरैले आश्चर्य व्यक्त गरे । सत्र बर्षको अमेरिका बसाइमा उनले पद र पैसा दुबै कमाएका थिए । अमेरिकामा अथाह सम्भावना छँदै थियो । जिरोबाट अमेरिका यात्रा थालेका दिपक आइटी क्षेत्रको हिरो भइसकेका थिए । धेरैले उनलाई नेपाल नफर्कन सुझाए । तर, उनी थामिएनन् । अठोट लिए, ‘जस्तै परिस्थिति किन नहोस् नेपालमै केही गर्छु ।’

दिपक जिद्धिवाल छन् । आफूले लिएको निर्णबाट पछि हट्दैनन् । नत्र शक्तिशाली राजनीतिज्ञका छोरा दिपक भाडा माझ्ने गरी अमेरिका किन हानिन्थे, बुबा झण्डैझण्डै गुमनाम भएका बेला देशमा केही गर्छु भन्दै किन फर्कन्थे ?

दिपकको बाल्यकाल

दिपकका हजुरबुबा तनहुँ खाल्टेको मुखिया थिए । बुवा गोविन्दराज आफ्नै गाऊँको विद्यालयका प्रध्यानाध्यापक थिए । परिवारको स्थिति राम्रै भएकाले उनलाई कहिल्यै पनि खानलाउनको दुःख भएन । बुवा प्रध्यानाध्यापक रहेका त्रिभुवन माध्यमिक विद्यालयमा पढे । मुखियाको नाति, प्रधानाध्यापकका छोरा भएकाले उनलाई गाऊँमा लाडप्याड राम्रै मिल्थ्यो ।

विद्यालय घरबाट ४५ मिनेटको पैदल दूरीमा थियो । जेठो सन्तान दिपकले परिवारमा विशेष रेखदेख पाए । पढाइ राम्रो गर्दै गए । २०४२ सालमा एसएलसी पास गर्दा उनी १६ बर्ष टेक्दै थिए ।

दिपकका बाले जमानामा गाऊँमा विद्यालय खोलेका थिए । त्यही विद्यालयका कारण गाऊँ शिक्षित बनिसकेको थियो । अन्यत्र एसएलसी पास नै ठूलो लाग्ने त्यो बेला दिपकको गाऊँका लागि भने सामान्य थियो । हरेकजसो घरमा विए पासहरु हुन्थ्यो । सामान्य पढाइले हुँदैन भन्ने आत्मबोध गाऊँको परिवेशले गराइदियो । उनी एक्स्ट्रा बन्न चाहन्थे ।

एसएलसीपछि उनी दमौलीमा बस्न थाले । सबै काम आफैं गर्नुपथ्र्यो । मुखियाको नाति र हेडमाष्टरको जेठो छोरो भएकाले उनको मेहनत धेरैका लागि अचम्म लाग्दो थियो । उनी दमौलीमा बस्नुपूर्व नै बुबा गोविन्दराजले शिक्षण पेशा छाडेर वकालतमा हात हालेका थिए । दमौलीमा केही समय बिताएपछि उनी फरेष्टी क्याम्पसमा रेन्जर कोर्ष पढ्न पोखरा लागे । २ वर्ष उनी पोखरामा रेन्जर कोर्षमै रमाए ।

पोखरामा पढिसकेपछि उनी युनडिपीको जागिरे भए । सात आठ महिनामै उनको लोकसेवामा नाम निस्कियो । रेन्जरका रुपमा उनले हेटौडा, बनेपा र शिवपुरी निकुञ्जमा काम गरे ।

२०४७ सालमा जापानमा टे«निङको लागि जाने मौका पाए । जापानमा फोरेस्ट्री ट्रेनिङ सकेर उनी स्नातक गर्न फिलिपिन्स गए । फिलिपिन्समा उनले चार वर्ष पढिसकेपछि नेपाल फर्किए । विदेशमा सिकेको ज्ञान देशमै उपयोग गर्नुपर्छ भन्ने उनको ध्येय थियो । फिलिपिन्सबाट फर्केर यूएनडिपीको राष्ट्रिय सल्लाहाकार भएर काम गरे । त्यो बेलामा काम गर्ने रुचि धेरै थियो । जुनसुकै क्षेत्रमा पनि काम गर्न उनी तयार थिए । पत्रपत्रिकामा लेख लेख्थे । केही समय रेडियो सगरमाथामा पनि काम गरे ।

abandon-us-green-card-nepalaaja-2

अमेरिकाको यात्रा

यसबीचमा उनको परिवारको पहुँच र प्रभाव फराकिलो भइसकेको थियो । बुबा गोविन्दराज जोशीले राजनीतिमा नाम कमाइ सकेका थिए । गोविन्दराज जोशी शिक्षामन्त्री भइसकेका थिए । दिपक नेपालमै जागिर गर्थे । उनले कहिल्यै शिक्षामन्त्रीको छोरा भन्ने भाव कहिल्यै दिएनन् । चाहेको भए उनी त्यतिबेलै मालदार ठाऊँमा नियुक्ति लिन सक्थे । काँग्रेसको प्रभावशाली नेताको छोरा भएपनि दिपकलाई बुबाको पहुँच र प्रभावसँग खाशै मतलव थिएन । आफैं केही गर्नुपर्छ भन्ने हुटहुटी दिपकमा थियो । त्यही हुटहुटीले उनलाई अमेरिका पुर्यायो । भन्छन्, ‘अमेरिका जाँदा मसँग दुई सय डलरमात्र साथमा थियो । आफ्नै बलबुतामा अमेरिका गएँ । म आफ्नो छबी आफैँ बनाउनुपर्छ भन्ने सोंच भएको व्यक्ति हुं ।’

मन्त्री भइसकेको शक्तिशाली नेताको छोराले देशमा काम गर्ने वातावरण नदेखेर विदेशिएको सो घटना आफैंमा मार्मिक क्षण थियो । देशमा केही सृजनशील काम गर्ने धोको हुँदाहुँदै पनि गर्ने वातावरण नभएपछि विदेशिन परेको वाध्यताले आफु बाहिरिएको उनको प्रष्टिकरण छ । ‘सृर्जनशील काम गर्न सकिएन, फोकटमा हल्लिनुभन्दा अमेरिका गएर केही सिकेर आऊँ भन्ने लाग्यो अनी गएँ ।’

अमेरिकाको संर्घष र सफलता

अमेरिका उनको लागि बिल्कुल नयाँ थियो । जिरो लेभलबाट काम थाले । ३ वर्ष सम्म अमेरिकामा ईन्डियन रेस्टुरेन्टको भाडा उठाउने काम गरे । उनी इन्डियन रेष्टुरेन्टमा भाडा उठाउने काम गरिरहेकै बेला बुबा गोविन्द देशको गृहमन्त्री बने । शक्तिशाली गृहमन्त्रीको छोरा दिपक अमेरिकामा भाडा माझिरहेको सन्दर्भ चिनेजानेकाहरुका बीचमा चर्चाको विषय बन्थ्यो । उनी भन्छन्, ‘बुबाको पदीय लाभ लिन म नेपाल फर्कन पनि सक्थे । बुबाको सचिवालयमा बसेर पावर एक्सरसाइज गर्न पनि सक्थें होला । वा, राम्रै ठाऊँमा नियुक्ति लिन पनि सक्थे । वा, कामै नगरी पैसा कमाउँने सरुवा बढुवातिर पनि हात हाल्थे होला । तर, म त्यस्तो स्वभावको भइनँ ।’ उनले जुठा भाडा उठाएर भएपनि कोलवार्डाे टेक्निसियन विश्वविद्यालय आईटीमा मास्टर्स पुरा गरे ।

आईटीमा मास्टर्स सक्दा नसक्दै त्यहीको टेलीकम्युनिकेसनमा जागिर पनि पाए । अमेरिकामा रहदा उनले विभिन्न आईटी कम्पनीमा सोसल मिडिया कन्सल्ट्यान्ट, बिजनेस एनालाइसिस्ट, सिस्टम प्रर्फमेन्स ईन्जिनियर, डाटा सर्पोट स्पेसलिस्ट जस्ता भुमिकामा रहेर काम गरे । प्रतिष्ठित भराइजन वायरलेस कम्पनीमा उनले प्रोजेक्ट म्यानेजरको रुपमा काम गर्ने अवसर पाए । त्यसपछि उनले एमविए गरे । कामसंगसंगै पढाइ अगाडि बढाएकाले उनको बढुवा पनि हुँदै गयो । जिरोबाट अमेरिका यात्रा थालेका दिपक केही बर्षको अन्तरालमै आइटी क्षेत्रको हिरो भए ।

नेपाल फर्कने बारेमा दोमन

उनलाई नेपाल पहिल्यै फर्कन मन थियो । तर, देश माओवादी द्वन्द्वमा फस्यो । अमेरिकाको भव्य विकाससँग अभ्यस्त भइसकेका दिपकलाई नेपालको वातावरणसँग पैठेजोरी खेल्ने उत्साह आएन । ‘त्यतिबेला नेपालमा सशस्त्र द्वन्द्व चलेको थियो । देशमा एक किसिमको मारकाट थियो । देशमा स्थिर सरकार थिएन । भरियाको भारी बोक्ने अधिकार त नेपाल बन्द गरेर खोसिन्थ्यो । मेरो लागि नेपालमा वातावरण देखिनँ, त्यही भएर आउन सकिनँ ।’ उनले नेपाल चाडै नर्फनुको कारण सुनाए ।

गणतन्त्र स्थापना भइसकेपछि उनी नेपाल आए । केही समय बसेपनि । तर, पनि आन्दोलनका आन्दोलनले देश जर्जर भइरहेको थियो । काम गर्ने वातावरण नदेखेपछि उनी फर्किए । ग्रिनकार्ड लिएपनि उनले अमेरिकाको नागरिकता लिएका थिएनन् । ‘एक न एक दिन नेपाल जान्छु, अर्काको देशको नागरिकता किन लिने भन्ने लागिरहन्थ्यो । नागरिकता लिनका लागि कुनै कठिनाइ थिएन । मनले मानेन ।’ दिपकले अमेरिका बसाइको स्मरण गरे ।

ग्रिनकार्ड त्याग्दाको क्षण

अमेरिकामा शुरुमा जागिर खाँदा उनले घण्टामा ६ डलर कमाउँथे । उनले अमेरिका छाड्दा उनको घण्टाको ८० डलर अर्थात नेपाली दश हजार कमाउँथे । यस हिसावले हेर्दा उनको दैनिक कमाइ लाखसम्म पुग्थ्यो । 'बिदा र कर काट्दा मासिक १२/ १५ लाख नेपाली रुपैंयाँसम्म हुन्थ्यो ।' तलबका बारेमा उनले मुख फोरे ।उनी अमेरिकामा राम्रो कमाइ गर्ने मध्येको नेपालीमा पर्दथे । अमेरिका जाने धेरैका लागि उनको ‘स्टाटस एण्ड इनकम’ लोभलाग्दो थियो । तर, उनले नेपाल फर्कने निर्णय गरे । साथीभाइले उनलाई मुख्र्याईं नगर्न सुझाए । नेपालमा केही गर्न नसकिने र निराशा पैदा हुने खतरा औंल्याउँदै साथीभाइ र सुभेच्छुकले तर्साउन खोजे ।

दिपक सानै देखि मनमौजी थिए । उनी आफ्नो निर्णयमा अडिक रहन्थे । उनले मनमनै सोचे, ‘ग्रिनकार्डसहित नेपाल गए भने थोरै समस्यमा आइलागे पनि अमेरिका फर्किहाल्छु । बरु, ग्रिनकार्ड नै त्यागेपछि मलाई नेपालमै संर्घष गर्ने बाध्यता हुन्छ ।’ ग्रिनकार्ड त्यागेर उनी नेपाल फर्के । तत्कालिन सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कर्मचारी र नेताले ग्रिनकार्ड लिन नपाउँने बहस छेडेका ग्रिनकार्ड र पिआरको विषय चर्चामा थियो । देशका मन्त्री, उच्चपदस्थ कर्मचारीसमेत ग्रिनकार्डका लागि हानथाप गरिरहेको प्रसंग जबरजस्त चर्चामा थियो । त्यही मेसोमा दिनको लाख कमाउँने दिपक ग्रिनकार्ड त्यागेर देशमा भविश्य खोज्न फर्किए ।

पण्डितले दिपकको प्रशंसा गरे । अन्तरवार्ताहरुमा दिपकको नाम लिए । चर्चामा आउँन नचाहने दिपक गुमनामज स्तै रहे । उनी भन्छन्, ‘गौतम बुद्धले ज्ञान भारतमा पाएपनि नेपाली नै हुंन् । हामी ज्ञानको खोजीमा विदेशिए पनि नेपाली नै हौँ ।’ उनले ग्रिनकार्ड त्याग्नुको कारण थप प्रस्टाए, ‘अमेरिकाले शिक्षा दिन सक्छ, जागिर दिन सक्छ, सुविधा दिन सक्छ तर नेपालको जस्तो आफ्नोपन दिन सक्दैन । नेपालीहरु अमेरिकाको नागरिता लिएर बसे पनि मन नेपाली नै हुन्छ ।’

लालबाबु पण्तिले एकपछि अर्को खुलाशा गरिसकेका छन् । तनहुँकै नेता रामचन्द्र पौडेलका छोरा चिन्तनले गरिबि निवारण कोषको आर्कषक नियुक्ति छाडेर बेलायत भासिनुको रहस्य हालै पण्डितले खोलिदिए । बेलायको पिआर प्यारो लागेपछि चिन्तन पलायन भएको पण्डितले पोल खोलेका छन् । नेताहरु रामशरण महत, मिनेन्द्र रिजाल, एनपी साउँदहरुको ग्रिनकार्ड रहेको चर्चा व्याप्त छ । बुबा शक्तिमा हुँदा अवसरका लागि विदेश भासिएका दिपक बुबा शक्तिबाट बाहिरिएको र गुमनामजस्तै रहेको बेला अवसरका लागि स्वदेश फर्किएका छन् । प्रतिष्ठित कम्पनीको जागिर र आर्कषक तबल छाडेर आएका दिपक भन्छन्, ‘मेरो क्यारियर म आफैंले बनाएको हुं । कृपया बुबासँग जोडेर नहेर्नुहोला । ग्रिनकार्ड पनि लिने र देशमा अवसरपनि खोज्न मेरो मनले मानेन । दुईवटा ढुंगामा खुट्टा हाल्न मलाई मन लागेन ।

abandon-us-green-card-nepalaaja-1

नेपालमा योग्यता अनुसारको काम नपाउँदा

अमेरिकामा दैनिक झण्डै लाख कमाइ गर्ने दिपकले नेपालमा के गरिरहेका छन् ? चिनेजानेकाले चाँसो राख्छन् । तर, उनलाई यस्ता कुराले उतिसारो छुदैन । ‘अमेरिकामा जति नै प्रगति गरेपनि नेपालमा केही गर्ने प्यास मेटिएको थिएन । त्यसैले फर्केको हुं । केहीमात्र गर्न सके भनेपनि म सन्तुष्ट हुंनेछु ।’ उनले सफाइ पेश गरे । ‘मलाई यहाँ दशैमा पिङ खेल्न मनपर्छ । फोन नै नगरी फूपु मामाकोमा गएर भात खान मन लाग्छ । यस्तै साना कुराले मलाई नेपाल बस्न मन लाग्छ ।’ उनले थप्दै भने ‘ अमेरिका जाने भनेको पढ्न, नयाँ काम सिक्न अनुभव बटुल्न, पैसा कमाउन र सुख सुविधा खोज्न हो । पैसा र सुखसुविधा खोज्ने मान्छेले जीवन उतै बिताउँछ । पढ्न र अनुभव बटुल्न गएको मान्छे नेपाल फर्कन्छ । म अध्ययन र अनुभव बटुलेर फर्के ।’

उनले दक्षताअनुसारको काम पाएका छैनन् । अझ भनौँ नयाँ गर्ने उनको सोच पूरा भएको छैन । दुई बर्ष यता उनी अनेक योजनामा घोत्लिरहेका छन् । ‘सपना पूरा गर्न नेपालमा सहज रहेनछ तर असम्भवपनि छैन ।’ उनले परिस्थितिको विश्लेषण गरे ।

नेपालमा धेरै तलब खान नआएको उनको भनाइ छ । धेरै काम गर्ने तर थोरै तलब भएपनि हुंने कामका लागि नेपाल फर्किएको उनको दाबी छ । अहिले उनी अध्यापनमा सक्रिय छन् । साउथ वेस्टर्न कलेज, मिलिनियम कलेजमा एमविए तहकालाई पढाईरहेका छन् । केही भारतीय कम्पनीहरुमा कन्सल्ट्यान्ट छन् । त्रिभुवन विश्वविद्यालयमा आइटी सम्बन्धी प्रोजेक्टहरुमा उनी जोडिएका छन् । उनले १७ वर्षको अमेरिका बसाई र आईटी क्षेत्रको अनुभव बाडिरहेका छन । तर, ठोसरुपमा नयाँ काम गर्ने मेसो मिलिरहेको छैन ।

नेपालमा जागिरको लागि सम्भावना र संर्घष

जोशीसंग आईटी पढेको साथै अमेरिकी आईटी कम्पनीमा काम गरेको लामो अनुभव छ । व्यावस्थापन क्षेत्रमा पनि उनको योग्यता राम्रै छ । केहि समय अगाडी उनले ‘ एनटिए ’भन्ने संस्थामा काम गर्न प्रतिस्पर्धाका लागि नाम पनि दिए । यो संस्थाले एनटिसी र एनसेललाई हेर्छ । त्यस संस्थामा उनी अन्य प्रतिस्पर्धी भन्दा हरेक कुरामा योग्य र अनुभवी थिए । तर, छनौट भएनन् । तरपनि निरास भएनन् । यि सबै प्रवृत्तिसँग जुँधेरै अघि बढ्नलाई उनी नेपाल फर्किएका थिए । त्यहाँ मन्त्रीहरुको सोर्स फोर्स चलेको रहेछ ।

अहिले उनी नेपाल टेलिकमको म्यानेजिङ डाईरेक्टरमा प्रतिस्पर्धा गरिरहेका छन् । उनका अनुसार अन्य प्रतिस्पर्धी भन्दा उनको योग्यता, अनुभव धेरै छ । त्यसैले उनले सम्भावना देखेछन् । तर, यसै हुन्छ भन्न गाह्रो छ । राम्रभन्दा हाम्रा खोज्ने नियति दोहोरिनपनि सक्छ ।

- सागर बुढाथोकी

dipak raj joshi who abandon american green card Lalbabu Pandit millenium college