प्रविधि

जेडटीइका स्मार्टफोन धेरै विशेषताका साथ सस्तो मूल्यमा

जेडटीइका स्मार्टफोन धेरै विशेषताका साथ सस्तो मूल्यमा
साउन - १९ । इभोलुसन इन्टरप्राइजेजले नेपाली बजारमा जेडटीइका ३ वटा ब्लेड स्मार्टफोन भित्र्याएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरी जेडटीइ एस सिक्स, डी टु र डि थ्री मोबाइल सार्वजनिक भएको हो । ZTE_Mobile_Grand_X_Quad_V987 धेरै विशेषता भएको, सस्तो रुपैयाँमा जेडटीइएका स्मार्टफोन बजारमा उपलब्ध भएको र फोर जी सर्पोट गर्ने यस फोन लोकप्रिय, प्रतिस्पर्धी र स्थापित हुने इभोलुसन इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विशाल आर्चायले भनेका छन् । ब्लेड सिक्स नामक मोबाइल विश्वकै पहिलो एन्ड्रोइड मोबाइल हो जुन क्वाल्कम स्न्यापड्रागन अक्टाकोर १.५ मिगाहर्ज प्रोसेसरयुक्त र पाँच इन्चको एचडी डिस्प्ले छ । यसमा रहेको चेन्जिङ क्यामरालाई प्रयोगकर्ताले आफ्नो अनुभवका आधारमा प्रयोग गर्न सक्छन् । यस फोनमा १३ मेगापिक्सल सोनी आईएमएक्स क्यामरा र ५ मेगापिक्सलको फ्रन्ट क्यामरा छ । २ जीबी ¥याम, १६ जीबी रोम, २४०० एमएएच ब्याट्री भएको यो फोनको मूल्य १५ हजार ९ सय ९० रुपैयाँ तोकिएको छ । डी टु नामक मोबाइल भने ब्याट्री फोनको रुपमा चिनिन्छ । यसमा रहेको ४००० एमएएच ब्याट्री करिब ३५ दिनसम्म अन मोड नै राखे पनि चलिरहने कम्पनीले बताएको छ । यसमा रहेको ब्याट्रीको क्षमताले एकपटकको पूरा चार्जबाट करिब ११ घन्टा अनलाइन गेम, १० घन्टा इन्टरनेट प्रयोग र ३५ घन्टासम्म फोनमा कुरा गर्न सकिन्छ । त्यस्तै ७६ घन्टा म्युजिक सुन्न र १८ घन्टासम्म भिडियो हेर्न सकिने दाबी कम्पनीको छ । क्वाडकोर प्रोसेसरयुक्त यस फोनमा ५ इन्चको एचडी आइपीएस कर्भ्ड डिस्प्ले छ । अगाडि ५ र पछाडि ८ मेगापिक्सेलको क्यामरा मोबाइलमा छ । यसको मूल्य १० हजार ९ सय ९० रुपैयाँ तोकिएको छ। ब्लेड डी थ्री मोडलको फोनमा १.३ जिएचजेड क्वाडकोर प्रासेसर छ । यो फोन ५ इन्चको एचडी आइपीएस डिस्प्लेयुक्त छ । यस फोनमा प्रासेसनल मुडमा १३ मेगापिक्सेल क्षमतामा फ्रन्ट क्यामराले काम गर्न सक्छ । यो फोन सेल्फि फोनकोरुपमा चर्चित छ । यसमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा १ जीबी ¥याम र ८ जीबी रोम छ । २४०० एमएएच ब्याट्री क्षमतायुक्त यस फोनमा अटो कल तथा अटो एन्सरको अप्सन समावेश छ । यसको मूल्य १२ हजार ५ सय रुपैयाँ तोकिएको छ । Chines Mobile ZET Mobile