मेरो परिवार मेरो कथा समाचार

पाएल्सले पिरोलिएकी रत्न, राजकीय ठांटदेखि मेहन्द्र मञ्जिलको एक्लोबास सम्म

पाएल्सले पिरोलिएकी रत्न, राजकीय ठांटदेखि मेहन्द्र मञ्जिलको एक्लोबास सम्म

पूर्वबडामहारानी रत्न महेन्द्रजस्तो सक्रिय राजाकी कान्छी पत्नी हुन् । उनकी दिदी इन्द्र राज्यलक्ष्मीको निधन भएपछि राजा महेन्द्रले आफ्नै सालीसंग विहे गरेका थिए । राजा त्रिभुवन छोराको दास्रो विहे राणा परिवारसंग नहोस् भन्ने चाहन्थे । राणाकाल सकिएको सन्दर्भमा उनी नयां घरनासंग सम्बन्ध बढाउन चाहन्थे । राजा त्रिभुवनले रत्नसंग विहे गर्नेभए युवराज त्याग्नुपर्ने सर्त राखे । महेन्द्रले युवराजबाट राजिनामा दिन राजी भए । महेन्द्रले आफ्नो अवस्था विपी कोइरालालाई कहे । विपीले राजा त्रिभुवनसंग प्रेम र विवाह व्यक्तिको निजी कुरा भनेर अर्थाए । विपीको आत्मवृत्तान्तमा त्यसपछि राजा त्रिभुवन विदेश गएको र त्रिभुवनको अनुपस्थितिमा युवराज महेन्द्रले सालीसंग विहे गरेको प्रसंग छ ।महेन्द्रको जल्दोबल्दो राजकीय शासन हेरेकी रत्नले सायदै कहिल्यै सोचेकी थिइन् नेपालको शक्तिशाली राजतन्त्र आफ्नै जीबनकालमा समाप्त हुनेछ ।

२०६५ सालमा गणतन्त्र स्थापना भयो । तत्कालिन राजा ज्ञानेन्द्र नारायणहिटी छाडेर नागार्जुन जाने भए । तर, रत्नको मन दरबारमै अडियो । कारण महेन्द्रले रत्नका लागि भनेर आफ्नै नाममा मञ्जिल बनाइदिएका थिए । महेन्द्र मञ्जिलमै जीबन बिताउने रत्नले इच्छा व्यक्त गरिन् । ज्ञानेन्द्रले आफ्नी आमाको इच्छा सरकारसमक्ष विसाए । सरकारले सुनिदियो । त्यसयता रत्न महेन्द्र मञ्जिलमा र पूर्वराजपरिवारका सदस्य कहिले नागार्जुन त कहिले निर्मल निवास महाराजगंजमा बस्ने गर्छन ।

पायल्सकी पीडित रत्न बिहीबार फिटिफिटी परिन् । त्यसपछिको घटनाक्रम जनआश्था साप्ताहिकले खुलाशा गरेको छ । बिहीबार विहान पूर्वयुवराज्ञी हिमानी बच्चाहरुलाई स्कुल पठाएर भान्सा छिरिन् । ससुरा (पूर्वराजा ज्ञानेन्द्र)का लागि नुनमसला नियन्त्रित खानाबारे भान्सेसंग उनी कुरा गर्दै थिइन् । ठीक त्यहीबेला मोबाइलमा घण्टी बज्यो, नारायणहिटीबाट । छोटो कुराकानी सकिएपछि ‘ओ माइ गड’ भन्दै ससुरा भएतिर दौडिइन्, हस्याङफस्याङ गर्दै ।

‘मुमालाई साह्रै भयो रे.....!’ ब्रेकफाष्टपछि आराम गरेर बसेका ज्ञानेन्द्रपनि जर्याकजुरुक उठे । १० मिनेटभित्र ज्ञानेन्द्र, हिमानीसहित चारपांच जनाको यात्रा निर्मल निवासबाट नारायणहिटीतिर शुरु भयो । हुनपनि, नारायणहिटीस्थित महेन्द्र मञ्जिलमा रत्न फट्याक फट्याक भइसकेकी थिइन् । यसो भयो कि उसो भयो भन्ने अनुमान गर्दै ढोके, बगैंचे र सुसारेहरु सामान्य अवस्थामा ल्याउन प्रयत्नरत थिए । तर, हिमानीले रत्नको हात समाइन् र आफ्नो गाडीमा हालिन् ।

उनैले नर्भिक अस्पताल लैजाने भनेबमोजिम रत्न त्यहां भर्ना भइन् । उमेर भएकाहरुलाई यतिसाह्रो फट्याकफट्याक नबनाउने, तर उमेर ढल्किएका बृद्धबृद्धालाई साह्रै बनाउने रहेछ पाएल्सले । रत्न त्यही रोगले थलिएकी थिइन । विहान ११ बजे नर्मिकमा भर्ना भएकी रत्नलाई कुर्नका लागि ज्ञानेन्द्र, पत्नी कोमल हिमानीहरु आफै बसे । औषधी ल्याउने, बिल मिलाउने जस्ता काममा हिमानी सक्रिय थिइन । चिकित्सकको अप्रेसन गर्ने बताए ।

हिमानीले वृढाअवस्थालाई ख्याल गरेर अप्रेसनको विकल्पबारे चिकित्सकसंग सल्लाह गरिन । तर कसैले मानेनन् । यसपछि उनकै रोजाई शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत गाइनोलोजिष्ट डा. पल स्वाबाट अपरेशन गराउने सहमती भयो । डा. पलले तत्कालै आफ्नो चिकित्सक टोली सहित नर्भिक पुगिन र उनैले दिनभर पेट खाली राख्न लगाइन सांझ ६ बजे अप्रेसनको समय तय गरिन । सामान्यतया नर्भिकले अप्रेसन गरेका विरामीलाई केहि समय अस्पतालमै राख्छ । तर हिमानीको अनुरोधमा उनी रानी नौ बजे डिस्चार्ज भइन् । त्यहांको कारोबार सबै हिमानीले नै मिलाएकी थिइन ।

महारानीका दुःख

महेन्द्र मञ्जिलमा बस्ने रत्न एक्ली हैनन । उनीसंग एक दर्जन बढी नाती बज्यै ढोके बगैचे सुसरे छन् । रत्न सहित तिनीहरुको सरदपानीको इन्तजाम निर्मल निवासले गर्छ । एक वर्ष अघि फोटो र नागरिकता नभएका कारण नेपाल खानेपानीले लाइन काटिदिएको छ । यसपछि दैनिक एक ट्यांकर पानी किनेर चलाउने गरेकी छन् । यो खर्च पनि निर्मल निवासले नै व्यहोर्छ । उनी दिनमा एकछाक मात्र खाना खाने गर्छिन । बांकी समय दुघ र फलफुल लिने गरेकी छन् । निर्मल निवासबाट दैनिक पांच लिटर दुध जान्छ । ति गाई निर्मल निवासमै पालिएका छन् । उनका लागि फलफुल लिएर नेवार सांहुहरु दैनिक पुग्छन् र पैसा लिएर फर्कन्छन् । महेन्द्र मञ्जिल भित्र चारवटा टेलिकमका ल्याण्डलाइन फोनहरु चालु अवस्थामा रहेका छन् । ती मध्ये दुई वटा नारायणहिटी दरबारको नाममा दर्ता रहेका छन् । पहिले त्यो टेलिकमले त्यहांबाट जतिसुकै फोन गरेपनि बील पठाउंदैनथ्यो । तर अहिले न्यूनतम समय गुज्रिएपछि आफै लाइन काट्ने गरेको छ । रत्नले दिने पैसाले लाईन खुलाउने गरिन्छ । बांकी दुई टेलिफोन मध्ये एक निजी सचिव शम्भु अधिकारीका नाममा छ र त्यो पैसा पनि उनले आफै तिर्छन । अर्को फोन इन्टरनेट चलाउन उपयोग हुन्छ र त्यो पनि अर्को कर्मचारीको नाममा नै रहेको छ ।

Ratna