अपराध सुरक्षा

मनिषा घर्तीमगरको हत्यामा संलग्न भएको आशंकामा दुई जना पक्राउ

मनिषा घर्तीमगरको हत्यामा संलग्न भएको आशंकामा दुई जना पक्राउ
manisa जेठ १३, फुटवलर बिमल घर्ती मगरकी १७ बर्षीय बहिनी मनिषा घर्ती मगरको हत्या भएको आशंकामा प्रहरी दुई जना युवाहरुलाई पक्राउ गरेको छ । गएराति नवपलरासीको वर्दघाट –८ पञ्चनगर स्थित घरमा एक्लै रहेकी उनी बिहिबार बिहान घर भित्र मृत फेला परेकी थिइन । आमा अघिल्लो दिन काम लागि बुटवल गएर विहान घर फर्कदा घरमा छोरी मृत भेटिएपछि आफन्त र प्रहरीलाई खबर गरेकी थिइन । उनी मृत भेटिएको खाटमा रगतको दागहरु भेटिएको प्रहरीले जनाएको छ । टेवुलमा खुट्टा र आधा शरिर खाटमा रहेको अबस्थामा उनको शव भेटिएको थियो । प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ परेकाहरूसँंग सोधपुछ गरिरहेको नवलपरासी प्रहरीले जनाएको छ । मनिषाको शव फेला परेपछि उनका आफन्त र साथीहरु शोकमा परेका छन् । उनी न्यूलाइफ उच्च मावि बर्दघाटमा कक्षा ११ को परिक्षा दिएर बसेकी थिइन ।