समाचार

हरेक १५–१५ मिनेटमा बनेपा–काठमाण्डौ सिधा बस संचालन

हरेक १५–१५ मिनेटमा बनेपा–काठमाण्डौ सिधा बस संचालन
  जेष्ठ, ६ , यात्रुहरुको सुविधालाई ध्यानमा राखि काभ्रे बस व्यवसायी संघ र काभ्रे मिनीबस सेवा समिति संघको सयुक्त सयोजनमा आजबाट बनेपा–काठमाण्डौ सिधा बस संचालनमा आएको छ । bus स्थानीय बासिलाई लक्षित गरी १५ वटा बस संचालनमा ल्याएको हो । हरेका १५ मिनेटमा संचालन हने बस मध्ये पाँचवटा काभ्रे बस व्यवसायी संघ र १० वटा काभ्रे मिनीबस सेवा समितिले बस संचालन गर्ने यातायात व्यवसायी सुरकृष्ण बैधले जनाकारी दिनु भयो । विगत लामो समयदेखि काभ्रेपलाञ्चोकको धुलिखेल र पनौतीबाट काठमाण्डौको लागि बस संचालन हुने गर्दथे । उक्त बसमा यात्रु खचाखच भरिएको हुने र बनेपाबाट काठमाण्डौ आउने यात्रुहरु कोचिय कष्टकर यात्रा गर्नु पर्ने बाध्यता थियो । “अव त्यसको अन्त्य भएको छ ।” यातायात व्यवसायी बैधले भने ।