समाचार

मामा ठग्ने भान्जा पक्राउ

मामा ठग्ने भान्जा पक्राउ
काठमाडाैँ ,५ ,जेठ राष्ट्रिय अनुसन्धान विभागमा जागिर लगाइदिन्छु भन्दै आफ्नै मामालाई ८ लाख रुपैंयाँ ठगेको आरोपमा जम्बा भोटे पक्राउ परेका छन् । कान्तिपुर दैनिकमा समाचार छ । hatkadi ललितपुरको तिव्वतीयन क्याम्पमा बस्ने भोटेलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । महाशाखाका अनुसार उनले सोलुखुम्बुका शरद राई र प्रेमकुमार मगरलाई विभागको असइमा जागिर लगाइदिने भन्दै राईबाट ४ लाख ५० हजार र मगरबाट २ लाख रुपैयाँ रकम लिएका थिए । साथै सहोदर मामा जुम्प लेम्डुक भोटेको सालो वाड्डा भोटेलाई सरकारी जागिर दिलाई दिने भनी आफ्नै मामाबाट ८ लाख रुपैयाँ लिएका थिए ।उनले वाड्डा भोटेलाई सरकारी जागिर लगाइदिने भन्दै खर्चका लागि आफ्ना मामा जुम्प लेन्डुक भोटेसँग ८ लाख रुपैंयाँ लिएर ठगी गरेको महाशाखाले जनाएको छ।