समाचार

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आवश्यकताले स्थापना भएको हो –गृहमन्त्री बस्नेत

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान आवश्यकताले स्थापना भएको हो –गृहमन्त्री बस्नेत
काठमाडौं ४ जेठ गृहमन्त्री शक्तिबहादुर बस्नेतले कर्णालीका नागरिकको भविश्य संग कर्णाली प्राविधिक प्रतिस्ठानको स्थापना भएको वताए । ‘आवश्यकताले संरचनाको विकास गराए जसरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानको पनि स्थापना भएको हो, यसले हरेक चुनौती पार गर्दै उद्देश्यमा अगाडि बढिरहेको छ’ गृह मन्त्री बस्नेतले भने । शक्ती बस्नेत मंगलबार काठमाडौंको अनामनगरस्थित संवाद डबलीमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आयोजना गरेको ‘पिछडिएको क्षेत्रमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम संचालनका लागि सम्भवना र चुनौती’ विषयक अन्तक्र्रिया कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै मन्त्री बस्नेतले आवश्यकता बीचबाट स्थापना भएको प्रतिष्ठानलाई आवश्यक पर्ने सबै साधनस्रोत सरकारले पूरा गर्ने बताए । जुम्लाजस्तो अति विकट ठाउँमा स्थानपना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिलेको अवस्थामा आइपुग्नु ठूलो सफलता भएको बताउँदै प्रतिष्ठानलाई संसारकै सुन्दर र प्रतिष्ठित बनाउन आफू निरन्तर लागिरहने बताए । कर्णाली क्षेत्र जस्तो पिछडिएको ठाउँमा स्थापना भएको प्रतिष्ठानलाई अगाडि बढाउन सरकारको तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउँदै आवश्यक नीति बनाउन आफूले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने बताए । त्यस्तै प्रतिष्ठानका निर्देशक डा. जावेद खानले प्रतिष्ठानद्वारा संचालित शिक्षण अस्पतालले दिइरहेको सेवा, सुविधा र जनशक्तिबारे जानकारी दिएका थिए । स्वास्थ्य निर्देशक डा. निरेश थापाले प्रतिष्ठानले दिइरहेको स्वास्थ्य सेवालाई पिछडिएको क्षेत्रका सबै नागरिकसम्म पुर्याउन सबै लाग्नुपर्ने बताए ।