यौन-शिक्षा

मदनजी अंग प्रदर्शनको पक्षमा हुनुहुन्छ, तर म सहमत छैन –करिश्मा

मदनजी अंग प्रदर्शनको पक्षमा हुनुहुन्छ, तर म सहमत छैन –करिश्मा

कृषि वैज्ञानिक तथा नयाँ शक्तिका नेता मदन राईको चर्चित यौनबारेको अन्तर्वार्तालाई लिएर सोही पार्टीकी नेतृ तथा चलचित्र नायिका करिश्मा मानन्धरले आपत्ति जनाएकी छन् ।

नायिका मानन्धरले राईको अभिव्यक्ति र उनले बजारमा ल्याउने भनेको पुस्तकका सम्बन्धमा पनि कडा प्रतिक्रिया दिएकी छन् । यौनबारे उदार धारणा राख्ने राईबारे टिप्पणी गर्दै नायिका मानन्धरले भनिन्, ‘ मानिसका व्यक्तिगत विषयहरु पर्दा पछाडि रहेकी ठीक हुन्छ ।’ उनले भनिन्, ‘हामीलाई लाज लाग्ने प्रवृतिले नै हामी मानव भएका हौं । अब मानिसबाट लज्जा नै हटाइदिने हो भने के बाँकी रहन्छ ?’

देखाउने कुरा र छोप्ने कुराको अन्तर रहनु पर्ने भन्दै नायिका मानन्धरले राईको धारणा र प्रकाशोन्मुख पुस्तकबारे पनि तिखो टिप्पणी गरेकी छन् । मानिसले विभिन्न मूल्य मान्यताको विकास गरेर आधुनिक बनेको तर त्यो आधुनिकतालाई राईको धारणाले धरापमा पारेको उले बताइन् । करिश्माले भनिन्, ‘फेरि निर्वश्त्र हुँदै जान खोज्नुको मतलव के हामी ढुंगेयुगमा फर्किनुपर्छ भनेको हो ?’

मान्छेले लगाउने कपडादेखि अन्य उपयोगका वस्तुको आविश्कार आवश्यकताका आधारमा भएको उनले बताइन् । सदाबहार सुन्दरी नायिका करिश्माले भनिन्, ‘खुट्टाको सुरक्षाको लागि जुत्ताको चलन आयो । जुत्ता मात्रै लगाउँदा खुट्टा गन्हाउने भएकोले मोजाको आविश्कार भयो । यसकारण यस्ता आवश्यकताका वस्तुलाई खोल्ने भन्ने हुँदैन ।’

करिश्माले मदन राईको राजनीतिक सोच, विषयगत दक्षतामा आफूले कहिले पनि प्रश्न नउठाउने तर यौनबारे उनको विचारमा सहमत हुन नसक्ने उल्लेख गरिन् ।  मदन राईले यौन शिक्षाको सीमालाई विर्सेर अधिक उदारपन देखाएको करिश्माको आरोप छ ।

र यो पनि