मेरो परिवार मेरो कथा

अर्धचेत कल्पना बरबराइरहेकी छिन्, ‘मेरो बिन्ती ! छोरी निशाको मुख हेर्न देऊ’ [भिडियोसहित]

अर्धचेत कल्पना बरबराइरहेकी छिन्, ‘मेरो बिन्ती ! छोरी निशाको मुख हेर्न देऊ’ [भिडियोसहित]

 मंसिर - २ । कल्पना कार्की बुधबार कामबाट फर्कर्दै थिइन् । एकमात्र सन्तान निशा अमेरिका गएपछि उनी परिवारमा एक्ली थिइन् । एक्कासी फोनको घण्टी बज्यो । अपरिचित नम्बर भएपनि अमेरिकाबाट आएको भन्ने कल्पनाले बुझिहालिन् । ‘हेलो निशु’ उनले फोन उठाइन् । तर, फोनमा निशाको आवाज थिएन । कोही नेपाली युवतीले गरेको फोन थियो त्यो । ‘निशाको अवस्था गम्भीर छ ।

होस्टेलमा काम गर्दागर्दै बेहोश भएर उनलाई हस्पिटलमा लगेको छ ।’ फोनको लाईन काटियो । त्यसपछि उनले केहि देखिनन् । बल्लतल्ल घर आईपुगिन् । निशा बेहोस भएको खबर आफन्तहरु सबैले पाइसकेका थिए । उनका केही आफन्त र चिनजानका उनलाई सान्त्वना दिन आइसकेका थिए । केही बेरमा फेरि अमेरिकाबाट फोन आयो । त्यो फोन इष्ट सेन्ट्रल युनिभर्सिटीको थियो, जहाँ निशाले नर्सिङ पढ्दै थिइन् । फोनमा कुरा गर्दा नगर्दै कल्पना बेहोश भइन् ।


२० बर्षिय निशाको निधनको खबरपछि अर्धचे
त अवस्थामा छिन् । काठमाण्डौ खुसिबुस्थित दिदीको कोठामा राखिएकी उनी अलापविलाप गरिरहेकी छिन् । बुधबारदेखि उनको मुखमा पानीसमेत परेको छैन । उनी एकोहोरो बरबराइरन्छिन्, –‘मेरो संसारलाई भगवान्ले डढेलो लगाइदियाैँ, एक्ली छोरी लगेर किन निष्ठूरी भयौँ ।’ कल्पनालाई अन्तिम पटक छोरीको मुख हेर्ने धोको छ ।

उनी आफन्त र चिनेजानेकासँग एउटै आग्रह गरिहेकी छिन, ‘निशाको मुख देखाइदेऊ, मलाई अरु केही चाहिदैन ।’ कल्पनालाई भेट्न जाने जो कोहीको आँखा रसाउन थाल्छ । कल्पनालाई सम्झाउँनु कसरी ? एकमात्र सन्तान गुमाउँदा एकल महिलाको पीडा शब्दमा व्यक्त गर्न सकिने खालको छैन । आउने धेरैजसो मौन रहन्छन् । ‘हामी निशब्द छौँ । छोरीको मुख हेर्ने धोकोसम्म पूरा गरिदिन सके हुन्थ्यो । सरकार, संघसंस्था र हामी सबै लागे यो सम्भव भइहाल्छ ।’ खुसिबुमा भेटिएका ऋषी प्रसाद नेपाल भन्छन् ।


एकल महिलाकी एक्ली सन्तान निशा कल्पनाले निशालाई बडो दुःखले हुर्काएकी थिइन् । निशा २ महिनाकी हुँदा कल्पनाले श्रीमान् गुमाइन् । श्रीमानको मृत्युपछि कल्पना धादिङमा बस्न सकिनन् । समाज र परिवारबाट अवहेलना पाएकाले उनी काठमाडाैँ आएको उनका नजिकका आफन्तहरु बताउछन् । एकल महिला काठमाडाैँको ठाउँमा जीवन धान्न गाह्रो थियो । कल्पनाले छोरी पढाउनको लागि रात–विरात नभनि काम गरिन् । धेरै संर्घष गरिन् । जति नै गर्दा पनि छोरी पढाउने खर्च जोहो गर्न कल्पनालाई धौ–धौ परिरह्यो । धादिङकै ज्योती अधिकारीको ट्रेकिङ कम्पनीमा कल्पनाका श्रीमान् टुरिस्ट गाइडका रुपमा जागिरे थिए । ज्योतीकै सक्रियतामा निशालाई पढाउन कोष खडा भयो ।

कल्पनाले पनि ठमेलको एउटा राम्रो रेस्टुरेन्टमा सहयोगीको जागिर पाइन् । जसो तसो कल्पनाले व्यवहार धान्दै गइन्, निशाले पनि राम्रो पढ्न थालिन् । निशाले ईन्टर स्कुलबाट एसएलसी सकिन् । प्लस टु उनले रेडियन्ट कलेजबाट पास गरिन् । ट्रेकिङ व्यावसायी ज्योती अधिकारीका अनुसार निशा पढ्नमा अत्यन्तै जेहन्दार थिइन् । उनी स्कुल टप हुन्थिन् ।

अधिकारीको अनुसार निशाको बुवाको मृत्यु छारे रोगको कारण हर्टएट्याक भएर भएको थियो । निशालाई नेपाल छँदै छारे रोगको लक्षण देखिएको थियो । अमेरिकामा रहदा पनि निशाले उपचार गराइरहेकी थिइन् । उपचारकै लागि उनले १ लाख रुपैयाँ केही महिना पहिले ऋण काँढेको अधिकारीको भनाइ छ । निशा अमेरिका गएको ११ महिना मात्र भएको थियो ।

अमेरिकाको भिसा लागे पनि कल्पनासँग निशालाई अमेरिका पठाउने पैसा थिएन । छोरीले पढेर तिर्छे भन्दै उनले आफन्त र चिनजानकासँग १५/२० लाख ऋण काँढेकी थिइन् । उनको परिवारको सहयोगार्थ थालिएको गो फण्ड निशा भन्ने यो लिंकमा  गएर सहयोग गर्न सक्नुहुने छ ।

► गो फण्ड निशा


daughter died in usa kalpana karki ko bilauna Nisha Karki