कला साहित्य

सबै रोग नाश गर्ने माता कुशमन्डाको पूजा आज

सबै रोग नाश गर्ने माता कुशमन्डाको पूजा आज

4-kushmanda-nepalaajaअसोज– १८ । हिन्दू धर्ममा नवरात्रीको विशेष महत्व हुन्छ । मानिसहरु नौ दिनको लागि व्रत राख्ने गर्दछन् र देवीको उपासना गर्दछन् । देवी माताको सच्चा मनबाट याद गर्नाले चिताएको पूरा हुन्छ भन्ने जन विश्वास रहेको छ । हिन्दू धर्ममा एक वर्षमा चारवटा नवरात्री हुने उल्लेख छ । तर आम मानिसहरुलाई जम्मा दुई नवरात्री(चैत्र र शारदीय) बारेमा मात्र जानकारी छ । असोज र माघ महिनाको नवरात्रीलाई गुप्त नवरात्री भनिन्छ । नवरात्रीमा मानिसहरु देवीको नाममा पाठ गरेर र भजन किर्तन गरेर राम्रो फलको कामना गर्दछन् ।

धर्म ग्रन्थ अनुसार नवरात्रीमा सबै तिथीको आफ्नै महत्व रहेको छ । नौ दिनसम्म देवीहरुको छुट्टै पूजा गरिन्छ । नवरात्रीमा हर दिनको अलग अलग महत्व हुन्छ । नवरात्रीको चौथो दिन माता कुष्मांडाको पूजा हुन्छ ।

माता कुशमन्डा — नवरात्रीको चौथौ दिनकी प्रमुख देवी हुन् माता कुशमन्डा  । यी देवीको पूजा तथा आरधना गर्नाले तत्काल रोग निको हुन्छ भन्ने विश्वास रहँदै आएको छ । यी देवीको उपासाना गर्न भक्तको धन, धान्य र सम्पदाको साथै राम्रो स्वास्थ प्रप्त हुने विश्वास रहँदै आएको छ । माता दुर्गाको यो चतुर्थ रुप कुष्मांडाले आफ्नो पेटले ब्रंह्माण्डको उत्पति गरीन् । यही कारण दुर्गाको यो स्वरुपको नाम कुष्मांडा भएको हो । माता कुष्मांडाको पूजाले हाम्रो शरिरका बिनाकामका चक्र जागृत भएर आउँछन् । यी देवीको उपासना गर्नाले समस्त रोग र शोक टाढा भाग्ने मान्यता छ । यसका साथै भक्तको आयु, यश, बल र आरोग्यको साथै भौतिक तथा आध्यात्मिक सुख पनि प्राप्त हुन्छ ।

यस दिन मातालाई मालपुवाको भोग चढाएर सोही प्रसाद गरिवलाई दिइन्छ । यसो गर्नाले सबै प्रकारका समस्या नाश भएर जान्छन् भन्ने विश्वास छ ।